फ्लाई दुबई प्रकरणमा के–के भएको थियो ? को–को छन् दोषी ? मुख्य नाइकेलाई कारबाही नै भएन
काठमाडौं । फ्लाई दुबईको जहाजको ईञ्जिनमा आगो लागेको जानकारी सोमबार पाउनासाथ आकस्मिक अवतरणको तयारी भयो । त्यही बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फोनमार्फत जानकारी भयो । प्रोटोकलअनुसार क–कसलाई खबर गर्नुपर्ने हो फोन गर्न थालिएको थियो ।
महानिर्देशक अधिकारीलाई पनि फोन गयो । फोन गर्ने व्यक्तिलाई आधिकारीले प्रश्न गर्दै भने त्यो ‘मु…तिवारी’ खोइ ? । स्रोतका अनुसार महानिर्देशक अधिकारी ‘झ्याप’ परिसकेका थिए । फ्लाई दुबईको जहाजले आफूलाई समस्या परेको भनेर जानकारी गराइसकेको थियो ।
फ्लाई दुबईको जहाजलाई अवतरण गराउन पहल गर्नुपर्नेमा त्यसलाई दुबईतर्फ नै पठाइयो । किन त्यो जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न दिइएन ? किन ४ घण्टाको जोखिम गराएर फ्लाई दुबईको जहाजलाई दुबई नै पठाइयो ? छानविन गर्नुपर्छ कि पर्दैन ? महानिर्देशक अधिकारीसँग स्पष्टीकरण लिनुपर्छ कि पर्दैन ? कि महानिर्देशक अधिकारीले जे गरे पनि छुट हुन्छ ?
फ्लाई दुबईको जहाजको सूचना पाउनेवित्तिकै सिमराको आकाशमा सात वटा अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्डमा राखियो । ती जहाजलाई किन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएन ? किन एक घण्टासम्म सिमराको आशाकमा उडाइयो ?
साना जहाजहरूलाई भैरहवा, विराटनगर वा भद्रपुर किन पठाइएन ? किन महानिर्देशक अधिकारीले लापरबाही गरेका हुन् ? प्रश्नहरू उठेका छन् ।
फ्लाई दुबईले आफ्नो जहाजमा चरा ठोक्किएको सूचना दिएको थियो । चराका कारण जहाजमा आगलागी भएको थियो भने किन छानविन भएन । वा महानिर्देशक अधिकारीले किन प्राविधिकि चेकजाँच गराएनन् ?
महानिर्देशक अधिकारीमाथि अनेक प्रश्न उठेका छन् । संयोग नै मान्नुपर्छ पोखरा र भैरवा विमानस्थलको प्रोजेक्ट म्यानेजर अधिकारी नै थिए । अधिकारीले बनाएका ती गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा किन ठूला जहाजहरू अवतरण गराइएनन् ? अधिकारीले ती एयरपोर्टहरू बनाउँदा त्रुटि गरेका थिए कि ?
आरोप लगाउनेहरूले महानिर्देशक अधिकारीले मदिरा पिएर जिब्रो नै नलाग्ने गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको आरोप लगाएका छन् । मदिराका कारण अधिकारीले सेतोपाटी डटकमसँगको कुराकानीका क्रममा फ्लाई दुबईको जहाज धार्केको आशामा होल्ड गरेको प्रतिक्रिया दिएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ । अधिकारीले मदिरा पिएका थिए वा थिएनन् त्यो अर्को पाटो हो । तर, अधिकारीले ‘झल्लु’ प्रतिक्रिया दिनु हुँदैन थियो भनेर प्रतिक्रिया आएका छन् ।
पोखरा विमानस्थलमा ७२ जनाको ज्यान जाने गरेर भएको जहाज दुर्घटनाका बेला महानिर्देशक अधिकारीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनभरि राखेका थिए । फ्लाई दुबईको जहाजमा आगोलागी भएको घटनामा कसैलाई पनि आउन दिएनन् । किन अधिकारीले त्यसो गरे ? प्रश्न उठेको छ ।
फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भए महानिर्देशक अधिकारीको जागिर नै जाने सम्भावना रहेको रिपब्लिका दैनिकलाई प्राप्त मेलमा उल्लेख छ । किन भने अधिकारीले केही कुराहरूमा मिस्टेक गरेका थिए । (प्रदीप अधिकारीको निजी र व्यक्तिगत कुरा समाचारमा लेखिएको छैन । लेखिदैन पनि ।)
सकेसम्म अधिकारीले फ्लाई दुबईको जहाजलाई अन्यत्रै पठाउन चाहेको एक उच्च कर्मचारीले बताएका छन् । फ्लाई दुबईको जहाज अवतरण गरेको भए अधिकारीलाई तनाब हुने थियो । फ्लाई दुबईको जहाज जोखिम मोलेर ४ घण्टाको उडान भरेर दुबई नै पुग्यो ।
यात्रुलाई परेको समस्या, तनाव, उनीहरूका परिवारमा भएको रुवाबासी त्यसको जिम्मेवारी महानिर्देशक अधिकारीले लिनुपर्छ कि पर्दैन ? अझै अधिकारीले जहाजमा चरा ठोक्किएको होइन भनेर वक्तव्यवाजी गरेर बच्ने प्रयास गरेका छन् । अधिकारीले फ्लाई दुबईका दुई जना म्यानेजरको कार्ड खोसेर कारबाही गरेका छन् । यो उनको काइते हर्कत हो ।
ती कर्मचारीलाई होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला महानिर्देशक अधिकारीलाई निलम्बन गरेर छानविन अगाडि बढाउनुपर्छ ।
घटनाका विषयमा प्रतिक्रिया लिन प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलासँग सम्पर्क गर्दा दोहोरो अर्थ लाग्ने जवाफ दिएका छन् । उनले महानिर्देशक अधिकारीका बारेमा प्रक्रिया दिन डराएर थरथर भएका छन् । महानिर्देशक अधिकारीको दास बनेर प्रवक्ता निरौलाले प्रतिक्रिया दिनै मानेनन् । उनी जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पनि फ्लाई दुबईको जहाज प्रकरणबारे जवाफ दिन आनाकानी गरे । उनले आफूभन्दा जुनियर कर्मचारीसँग सो घटनाका बारेमा प्रतिक्रिया लिन भनेर पन्छिएका छन् ।
महानिर्देशक अधिकारीसँगै महाप्रबन्धक तिवारीलाई पनि फ्लाई दुबई प्रकरणमा निलम्बन गरेर छानविन गरी दोषी पाइएमा पाताकसेर कारबाही गर्नुपर्ने माग प्राधिकरणभित्र उठेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया