‘फ्लाई दुबई काण्ड’बाट बच्न प्रदीपले अर्को काण्ड गरे, किन डरायो सरकार ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो कर्तुत् र कमजोरीहरू लुकाउन फ्लाई दुबईको दुई जना कर्मचारीलाई कारबाही गरेको नौटंकी गरेका छन् ।
प्राधिकरणको महानिर्देशक बनेर आएपछि अधिकारीले आफ्नो असक्षमताहरू लुकाउन यस्तै खालका झिनामसिना कारबाहीहरू गर्ने गरेका छन् । अधिकारी महानिर्देशक बनेपछि नेपाली आकाश निकै असुरक्षित बनेको छ ।
सरकारले महानिर्देशक अधिकारीलाई कारबाही गर्न सकेको छैन । जति ठूला हवाई दुर्घटना र काण्ड हुँदा पनि अधिकारीलाई ‘ज्वाइँ’लाई जस्तै स्वागत सत्कार गरेर राखेको छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीले कारबाहीबाट बच्न फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेर पानीमाथिको ओभानो बन्न खोजेका छन् ।
सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो ।
एउटा इन्जिनमा समस्या आएपनि जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो । दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो ।
प्राधिकरणका महानिर्देशक अधिकारीले चरा ठोक्किएको प्रमाण नभेटिएको दाबी गरेका छन् । अधिकारीले भ्रम फैलाएको ठहर गर्दै फ्लाई दुबईका दुई जना म्यानेजरहरूलाई कारबाही गरेका छन् ।
फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारबाही गर्दै विमानस्थल प्रवेशमा रोक लगाएको प्राधिकरणले आफ्नो ट्वीटर ह्याण्डमार्फत जनाएको छ । उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।
ट्वीटरमा भनिएको छ, ‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं–दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाजमा भएको घटनाका विषयमा सबैभन्दा पहिला प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग उठेको छ ।
तर, महानिर्देशक अधिकारी निकै बलियो अवस्थामा छन् । अधिकारीलाई कसैले पनि छुन वा हल्लाउन सक्दैन । अधिकारीको गलत हर्कत र कार्यहरूले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७२ जनाको ज्यान जाने गरेर जहाज दुर्घटना भएको छ । त्यो घटनामा सरकारले अधिकारीलाई कुनै पनि कारबाही गरेन ।
सोमबार राति फ्लाई दुबईको जहाजमा चरा ठोक्कियो या ठोक्किएन, त्यो अनुसन्धानको अर्को पाटो होला । तर, जहाज उड्नुभन्दा अगाडि प्राधिकरणको नेतृत्वले प्राविधिक चेकजाँचमा किन लापरबाही गर्यो प्रश्न उठेको छ । महानिर्देशक अधिकारीले जहाजमा चरा ठोक्किएको कुरा लुकाएका छन् । उनले मन्त्री किराँतीलाई गुमराहमा राख्ने प्रयास गरेका छन् । लगबुकमा चरा मरेको भेटिएको एक कर्मचारीले बताएका छन् ।
फ्लाई दुबईको जहाज उड्नुभन्दा अगाडि प्राविधिक चेकजाँच गर्नुपर्ने थियो वा थिएन मन्त्री किराँतीले अनुसन्धानको विषय बनाउनुपर्छ ।
महानिर्देशक अधिकारी जति नै शक्तिशाली भए पनि मन्त्री किराँतीले कारबाही गर्नुपर्छ । होइन भने नेपाली आकाश झन् असुरक्षित छभन्ने सन्देश जान्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया