फ्लाई दुबईको जहाजको इञ्जिनमा आगो, जहाज फर्किन मानेन, प्रदीपलाई बर्खास्त गर्न माग

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको एउटा इञ्जिनमा आगलागी भएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको जहाजले उडान भरेको थियो । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

फ्लाई दुबईको जहाजको इञ्जिन फेल भएर आगलागी भएपनि काठमाडौंमा अवतरण गरेन । जहाज आफ्नो गन्तव्यतर्फ गएको छ ।

जहाज डेस्टिनेसनमा जान खोजेको जस्तो देखिएको त्रिभुवन विमानस्थल उच्च स्रोतले जनाएको छ ।

जहाजको ईञ्जिनमा समस्या भएपनि अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबारेमा पाइलटले केही बताएका छैनन् । स्रोतका अनुसार सो जहाजका पाइलटले वी विल कन्टिन्यू भन्ने जवाफ दिएका छन् ।

पाइलटले जहाजलाई भारतमा अवतरण गराउन सक्छन् । दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन् । भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ ।

उडान ट्रयाक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा रातिको ९:५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले जहाज फर्किन सक्ने बताएको थियो ।

जहाज गन्तव्यतर्फ गएको मन्त्री किराँतीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी भएपछि नेपाली आकाश असुरक्षित भएको छ । अधिकारीले जिम्मेवारी सम्हालेपछि ठूला ठूला दुर्घटना र काण्ड भएका छन् ।

महानिर्देशक अधिकारीले कमाण्डिङ गतिलोसँग सम्हालन सकिरहेका छैनन् । फ्लाई दुबईको जहाजले उडान भर्नुभन्दा अगाडि प्राधिकरणले जहाजको प्राविधिक कुरा राम्रोसँग चेकजाँच गर्नुपर्ने थियो ।

फ्लाई दुबईले आफ्नो ईञ्जिनमा समस्या देखिदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किन वा अवतरण गर्न अस्वीकार गरेको छ । उसले यो निर्णय किन लियो खोजविनको विषय बनेको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीलाई सरकारले अनुसन्धान र छानविन गरेर हदैसम्मको कारबाही गर्नुपर्छ ।

Published : Monday, 2023 April 24, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया