कम्युनिस्ट सरकार ढल्यो, कांग्रेसले सरकार बनाउने

काठमाडौं । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेपछि ढलेको छ ।

एमालेका मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । अधिकारी मुख्यमन्त्री पदबाट पदमुक्त भएका छन् । विश्वासको मत पाउन सक्दैन भन्ने जान्दा जान्दै मुख्यमन्त्री पदप्रति आशक्ति देखाएर एमालेका अधिकारी पदमा झुण्डिएर बसेका थिए ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेका छ ।

एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसले सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउनेछ ।

संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

एमालेका मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको छ ।

Published : Saturday, 2023 April 22, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया