पश्चिमा र क्रिश्चियनका दलालहरूको समाचारले तनहुँ १ लाई प्रभाव पार्दैन
काठमाडौं । क्रिश्चियन र पश्चिमा राष्ट्रहरूको हण्डी खाने एउटा अनलाइन सञ्चारमाध्यमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जबरजस्त रुपमा प्रचार प्रसार गरिरहेको छ ।
केही वर्ष अगाडि बौद्ध धर्मका अनुयायी रामबहादुर बमजनविरुद्ध युद्ध नै छेडेको त्यस अनलाइनले हिन्दु धर्मका विरुद्ध बेलाबेला थाहा नहुने गरेर समाचार लेखिरहेको हुन्छ । त्यही अनलाइनले नै अहिले महिलाको रजश्वला (पाखा सरेको)का बारेमा अन्टसन्ट समाचारहरू बनाएर प्रत्येक हप्ता हाल्ने गरेको छ ।
महिलाको रजश्वलाका बारेमा समाजमा भ्रम छर्ने काम गरिरहेको सो अनलाइनले रास्वपाको प्रचार प्रसार गरेको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एउटा सार्वजनिक कार्यक्रममा रास्वपा अमेरिकाबाट सञ्चालित भनेर आरोप पनि लगाएका थिए ।
रास्वपाको तर्फबाट तनहुँ १ मा उम्मेदवार बनेका डा.स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । डा.वाग्लेको गृहजिल्ला तनहुँ होइन । डा.वाग्लेले जित्छन् भनेर पश्चिमा समर्थक सो अनलाइनले मत सर्भेक्षण सार्वजनिक गरेको छ ।
तनहुँ १ पश्चिमा राष्ट्रका दलाल र क्रिश्चियनको पैसा खाने दलाल अनलाइन सञ्चारमाध्यमहरूको बिर्ता होइन । तनहुँ १ बाट नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई उम्मेदवार छन् । भट्टराई तनहुँ १ का जनतालाई सुख, दु:खमा साथ दिएका नेता हुन् । भट्टराईको योगदान तनहुँका जनतालाई थाहा छ ।
तनहुँ १ का जनताले पानी खान नपाउँदा डा.स्वर्णिम वाग्लेहरू कहाँ थिए ? डा.वाग्लेकी पत्नी र छोरा–छोरीहरू कहाँ बस्छन् ? सबैलाई थाहा छ । उनकी पत्नी विदेशी नागरिक हुन् । उनीहरू सबैलाई डा.वाग्लेले विदेशमा राखेका छन् ।
कांग्रेसका नेता भट्टराईले आफ्नो परिवारलाई विदेशमा राखेका छैनन् । सामान्य जीवनशैलीका भट्टराईले गरेको योगदानको मतदाताले कदर गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया