त्रिवि अस्पतालमा १०औँ पटक कलेजो प्रत्यारोपण, सफल भएपछि के भन्छन् डा.भण्डारी ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सफल भएको छ ।
अस्पतालमा मंगलबार गरिएको प्रत्यारोपण १०औँ हो । कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले गरेको थियो ।
कलेजो प्रत्यारोपण गर्ने व्यक्ति पुषरु हुन् । ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिएन् । अस्पतालमा यसअघि पुस २९ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।
डा.भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१०औँ कलेजो प्रत्यारोपण । साँच्चै एक महान दिन !!! हिजो हामीले हाम्रो १०औँ जीवित दाता कलेजो प्रत्यारोपण गर्यौँ भन्ने कुरा साझा गर्न पाउँदा म धेरै खुसी छु ।’
‘अहिलेसम्म सबै राम्रो हुँदैछ । कृपया हाम्रो दाता र प्रापकको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुहोस् (श्रीमान्, पत्नी) । कलेजो प्रत्यारोपणमा संलग्न हामी सबैलाई बधाई छ’, उनले भनेका छन् ।
‘सहयोगी हातहरूलाई सधैं धन्यवाद । १०औँ प्रक्रियामा सहयोग गर्नुभएकोमा दिल्लीका डा.विशाल चौरसियालाई विशेष धन्यवाद’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया