कांग्रेसका सांसद चौधरीले दिए प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका सुझावहरू
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका नवलपरासीको समस्या कुटनैतिक रुपमा उठाउन सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषयलाई नेपाल–भारतबीच कुटनैतिक वार्तामार्फत समाधान गर्न आग्रह गरेका हुन् । भारत भ्रमणमा प्रधानमन्त्रीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने उनले बताएका छन् ।
सांसद चौधरी नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । स्थानीय जनताको मागलाई सरकारसमक्ष उठाउनु उनको दायित्व हो ।
सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५०औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताएका छन् ।
‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरू पुनर्निर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरू पटक पटक तयार पारिन्छन्’, सांसद चौधरीले भनेका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् ।’
कांग्रेसका सांसद चौधरीले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने बताएका छन् ।
सांसद चौधरी कुटनैतिक क्षेत्रका जानकार पनि हुन् । नेपाल र भारतबीचको व्यापारलाई झन् सहज रुपमा अगाडि बढाएर दुबै मुलुकलाई फाइदा हुने गरेर काम गर्नुपर्ने उनले बेलाबेला सुझाव दिने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया