बल्ल डराउन थाले रवि लामिछाने, चितवन २ का मतदातको होस खुल्यो
काठमाडौं । नेपाली कांग्रेसबाट चितवन २ मा उम्मेदवार बनेका जीतनारायण श्रेष्ठ कमजोर नेता होइनन् । उनी युवा छन् । युवाहरूको मन बुझ्न सक्छन् ।
सानै उमेरमा चितवन कांग्रेसको जिल्ला सभापति बनेर पार्टी चलाएका श्रेष्ठ कम बोल्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्तो बाल्न श्रेष्ठ सक्दैनन् । तर, तर्कसँग कुरा गर्न श्रेष्ठलाई लामिछानेले पनि जित्न सक्दैनन् ।
सभापति लामिछाने छिटो आबेगमा आउँछन् । उनले जनताको सेन्टिमेन्टल छिटो क्याच गरेर रणनीति बनाउँछन् । तर, श्रेष्ठले जनताको सेन्टिमेन्टललाई क्यास गरेर राजनीति गर्न जान्दैनन् ।
कांग्रेसका नेता श्रेष्ठले जसरी हुन्छ जनताको सेवामा सर्मपित हुन चाहन्छन् । लामिछाने जस्तो विवादित व्यक्ति श्रेष्ठ होइनन् । श्रेष्ठ चितवनकै स्थानीयबासिन्दा हुन् ।
श्रेष्ठलाई जिताउन चितवन २ का मतदाताले कुनै कञ्जुस्याइँ गर्नु हुँदैन । लामिछानेले नागरिकतामा कीर्ते काण्ड गरेकै कारण चितवन २ मा उप–निर्वाचन हुन लागेको छ । लामिछानेका कारण राज्यलाई ठूलो नोक्सानी र आर्थिक भार परेको छ । यो कुरा चितवन २ का मतदाताले बुझ्न जरुरी छ ।
लामिछाने जस्तो स्वार्थी श्रेष्ठ छैनन् । श्रेष्ठले नागरिकतामा कीर्ते गरेका छैनन् । सभापति लामिछाने निकै बद्नाम स्वार्थी व्यक्ति हुन् । उनका काण्डहरूको लामो सूची छ । यो कुरा चितवन २ का जनताले राम्रोसँग बुझ्नुपर्छ । सभापति लामिछानेका समर्थकले समाजिक सञ्जालमा एक जना आलोचक महिलालाई मुखमा उच्चारण गर्नै नक्सने शब्दले गालीगलौज गरेका छन् ।
कुनै दिन त्यो शब्द लामिछानेलाई नै फर्किन सक्छ । कुनै दिन धुर्मुस र सुन्तलीको समर्थक पनि लामिछानेका जस्तै थिए । अहिले आएर धुर्मुस र सुन्तली कुन अवस्थामा पुगेका छन् । उदाहरण हेर्न धेरै टाढा जानु पर्दैन ।
श्रेष्ठलाई जिताउन र प्रचार प्रसार गर्न माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि आफै लागेकी छिन् ।
कांग्रेसका केन्द्रीय नेताहरू पनि चितवन २ मा खटिएका छन् । उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रामहरि खतिवडा, उदयशम्शेर राणालगायतका नेताहरू चितवन २ मा झरेका छन् ।
लामिछानेले चितवन २ बाट पुन: अत्याधिक मतले जित्छु भनेर घमण्डका साथ भन्न थालेका छन् । तर, उनलाई नागरिकता र राहदानी दुरुपयोगको काण्डले धेरै थिलोथिलो बनाएको छ ।
चितवन २ का मतदातालाई सभापति लामिछानेले भेँडा ठानेका छन् । धम्काउँदै हिँडेका छन् । यो कार्य लामिछानेका लागि निकै घातक हुनेछ । आफ्नै पार्टीको सांसदलाई मन्त्री बनाउन दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि लामिछाने तनाबमा परेका छन् ।
उनले बारा २ र तनहुँ १ मा उम्मेदवार बनाएका रमेश खरेल र डा.स्वर्णिम वाग्ले गतिला मान्छे हुन वा होइनन् उनीहरूको बिगतको इतिहाँस हेरे पुग्छ । प्रहरीको एसपी रहेका बेला खरेलले आफ्नी पत्नीलाई सुन काण्डको सुराकी बनाएर कमिशन खाएका थिए । संसदको सार्वजनिक लेखा समितिमा खरेललाई बोलाएर बयान समेत लिइएको थियो ।
डा.स्वर्णिम वाग्ले कांग्रेसमा रहँदा अवसर पाएर टन्न कमाइ गरेका र मानसम्मान पाएका व्यक्ति हुन् । डा.वाग्ले सम्भ्रान्त परिवारका व्यक्ति हुन् । उनकी पत्नी विदेशी हुन् । पत्नी र छोराछोरी सबै विदेशमा बस्छन् । आफ्नो परिवारलाई विदेशमा राखेर डा.वाग्लेले कसका लागि राजनीति गर्न लागेका हुन् प्रश्न उठेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया