देउवा र दाहाललाई देखेपछि ओली लुथ्रुक्क, एमालेले अड्काएको कुरा मिल्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अगाडि बढाउने सहमति बनेको छ ।
सोमबार भक्तपुरको बालकोटमा बसेको प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति बनेको हो । बैठकमा सभामुख देवराज घिमिरे पनि उपस्थित रहेका थिए ।
प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गर्नुभयो ।’
‘प्रधानमन्त्रीले कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच व्यापक छलफल भएको छ’, लेखकले भने, ‘संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।’
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको छ । प्रधानन्यायाधीश नरहेपछि आलोचना भइरहेको छ ।
शीर्ष नेताहरूका बीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको कांग्रेसका प्रमुख सचेतक लेखकले बताएका छन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानन्यायाधीश नियुक्तिका लागि एमालेको तर्फबाट सहयोग रहने बताएका छन् । उनले सरकार चलाउने विषयमा माओवादी र कांग्रेससहितका दलहरूले जे गरे पनि आफूहरू संसदमा जिम्मेवार भएर जाने बताएका छन् ।
बैठकमा कांग्रेस, एमाले र माओवादीका दोस्रो तहका केही नेताहरूको पनि उपस्थिति रहेको थियो । एमालेका अध्यक्ष ओली बिरामी छन् । ओली बिरामी भएपछि शीर्ष नेताहरूको बैठक बालकोटमा राखिएको हो । ओलीलाई देउवा र दाहालले शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया