परराष्ट्रमन्त्री साउदलाई एमालेले बिगारेको कुटनीति सुधार गर्ने चुनौति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद नारायणप्रसाद साउद (एनपी)ले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार साउदले पराष्ट्रमन्त्रीको जिम्मेवारी समेतसम्हालेका छन् । साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
साउदलाई पराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, सह–सचिव रामप्रसाद सुवेदी, तेजबहादुर क्षेत्री, धनबहादुर वली, सेवा लम्साल, घनश्याम अर्यालसहितका कर्मचारीहरूले स्वागत गरेका थिए ।
मन्त्री साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा तयारी गर्नुपर्नेछ । प्रधानमन्त्री दाहालको भारत भ्रमण हुने भएपछि हतारमा साउदलाई शपथ गराइएको छ ।
मन्त्री साउदले शपथ लिएकै दिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । उनीहरूका बीच शुभकामना आदान प्रदानका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कुराकानी भएको छ ।
मन्त्री साउदले एमालेले ध्वस्त पारेको परराष्ट्र नीतिलाई सुधार गर्नुपर्नेछ । विशेष गरेर मन्त्री साउदले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेछ । एमाले नेतृत्वको तत्कालीन सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतसँगको सम्बन्धलाई निकै कटुतापूर्ण बनाएका छन् ।
परराष्ट्रमन्त्री साउदलाई राजदूतहरू नियुक्त गर्नुपर्ने चुनौति पनि छ । परराष्ट्र मन्त्रालयका वरिष्ठ सह–सचिवहरूलाई राजदूत बनाउनुपर्नेछ । साउदले कर्मचारीहरूमा भेदभाव नगरेर अवसर दिनुपर्नेछ ।
युनाइटेड अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको कार्यकाल सकिएको छ । उनी स्वदेश फिर्ता भइसकेका छन् ।
करिब दुई महिनाभित्र चारवर्षे कार्यकाल सकेर क्यानडा, कुवेत र थाइल्यान्डका राजदूतहरू पनि फर्किन लागेका छन् ।
अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघीय नियोग र चीन तथा भारतका नेपाली राजदूतावासमा नियोग उप–प्रमुख पद पनि केही समयदेखि खाली छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले सम्हाल्दै आएका फ्रान्स, स्वीट्जरल्याण्ड र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोगका राजदूत पद पनि खाली भइसकेका छन् ।
मन्त्रालयले तीन वटै नियोगका राजदूतहरूको पदावधि १५ असारसम्म थप गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया