उद्योग वाणिज्य महासंघमा प्रजातान्त्रिक समूहको जिते, देउवाको रणनीति र बस्नेतको योजना सफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

दोस्रो चरणमा गएको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि सर्वसम्मत भएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका अञ्जन प्रजातान्त्रिक समूहका हुन् । उमेशलाल प्रगतिशील समूह निकटका हुन् ।

प्रजातान्त्रिक समूहलाई सहयोग गर्न नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई खटाएको थियो ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा नेता बस्नेतले महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन र अन्य पदाधिकारी तथा सदस्यहरूलाई विजयी बनाउन विशेष भूमिका खेलेका थिए । नेता बस्नेतले कमलादीस्थित रोयलसिंघे होटलमा भएको विशेष कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अञ्जनसहितका पदाधिकारीलाई फूलमालासहित बधाइ दिएका छन् । आगामी कार्यकालको शुभकामना दिँदै कांग्रेस नेता बस्नेतले भने, ‘मुलुकको अर्थतन्त्र असहज भइरहेको छ । यो अर्थतन्त्रलाई सुधार गर्न विशेष भूमिका र नेतृत्वदायी काम गर्नुहोला ।’

महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने प्रावधान विधानमा छ । अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष अञ्जन महासंघको स्वत: अध्यक्ष हुनेछन् ।

नेता बस्नेतका साथै पूर्व अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्षसहितको पहलमा अञ्जनको पक्षमा सहमति बनाएको छ । दोस्रो चरणको निर्वाचन भएको भएपनि अञ्जनले जित्ने पक्का जस्तै थियो । अञ्जनले जित्ने र आफू पराजित हुने भएपछि उमेशलाल सहमतिमा आउन बाध्य भएका हुन् । प्रजातान्त्रिक समूहले महासंघमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरूमा बहुमत पदमा जितेको छ । प्रगतिशील समूह महासंघमा अल्पमतमा छ । महासंघको स्वत: अध्यक्ष बनेका चन्द्र ढकाल कम्युनिस्ट हुन् । उनी एमाले निकट मानिन्छन् ।

यसअघि वस्तुगत, जिल्ला, नगर र एसोसिएट उपाध्यक्ष निर्वाचित भइसकेका छन् । महासंघको कोषाध्यक्ष नियुक्त भने नयाँ नेतृत्वको छलफलका आधारमा हुनेछ । वरिष्ठ उपाध्यक्षका निर्वाचको पहिलो चरणबाट रामचन्द्र संघई झिनोमतले बाहिरिएका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहान कुरा गरेर अञ्जनले माहोल आफ्नो पक्षमा पारिसकेका थिए । देउवाले नेता बस्नेतलाई मैदानमै खटाएपछि प्रगतिशील समूहका उमेशलाल पराजित हुने पक्का थियो ।

जातीय रुपमा बाहिर बसिरहेको मारवाडी समूदायले समेत अञ्जनलाई सहयोग गर्ने निर्णय गरेको थियो । यसैबीच, अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण गराएका छन् ।

यी हुन् एशोसिएट, जिल्ला, नगर र वस्तुगततर्फ विजयी सदस्यहरू

एशोसिएटजिल्ला नगरवस्तुगत
नाममतनाममतनाममत
डा. रामशरण थपलिया१४४०नरेशलाल श्रेष्ठ९१मोहनप्रसाद श्रेष्ठ९१
मनोज पौडेल१३७३लिलेन्द्रप्रसाद प्रधान८९प्रयास कार्की८८
आनन्द कुमार बगेरिया१३६४हरिबहादुर कार्की८२अमरेशन चन्द बैदार८१
अम्बिका प्रसाद पौडेल१३६३शिव प्रसाद घिमिरे८१ताराबहादुर कार्की८१
सुनिल नारायण श्रेष्ठ१३४२अरनिको राजभण्डारी७६नवीन रिजाल७९
सुशील थापा१३२९डा. सुबोध कुमार गुप्ता७५कल्पना गैरे७७
शैलेन्द्र गुरागाईं१३१५रविन पुरी७४उमेश डालमिया७३
राजेश कुमार अग्रवाल१३१२नानीराज घिमिरे७२उज्जलप्रसाद कसजु७२
हेमन्त गोल्छा१३००भक्तबहादुर हमाल७२बेदबहादुर श्रेष्ठ७२
देशबन्धु बस्नेत१२८४शोभा ज्ञवाली७२अब्दुल बाहित मन्सुरी७०
अविनाश बोहोरा१२७५मनोज अधिकारी६७मन्जुकुमार श्रेष्ठ (कोजु)७०
गोपाल खनाल१२६५कमला श्रेष्ठ६६किशोरकुमार आचार्य६९
उज्वल कुमार श्रेष्ठ११९१पशुपतिदेव पाण्डे६५केशवप्रसाद भण्डारी६७
प्रवलजङ्ग पाण्डे११२८राजकुमार कार्की६२कृष्ण कटुवाल६७
जुना माथेमा९९१पुष्पराज कुँवर६६
शक्ति कुमार बेगानी९८८अनिलकृष्ण श्रेष्ठ६४
सन्दिप कुमार अग्रवाल९२५गोकुल श्रेष्ठ६४
ऋषी अग्रवाल८८१निरक केसी६३
मुकुन्द प्रसाद तिमल्सिना८४२
Published : Thursday, 2023 April 13, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया