गगन–शेखर समूहले मन्त्रीको संख्यामा फेरि माग बढायाे

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीनबाट चार वटा मन्त्रालयमा दाबी पेश गरेको छ ।

काठमाडौंको बालुवाटारमा बसेको शेखर–गगन समूहको बैठकमा सभापति शेरबहादुर देउवासँग एक राज्यसहित ४ मन्त्रालय माग गर्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवालाई एक राज्यसहित ४ मन्त्रालय दिन दवाव दिइएको गगन–शेखरले उल्लेख गरेको एक नेताले बताएका छन् ।

कांग्रेसले सरकारमा ८ वटा मन्त्रालय पाउनेछ । चार वटा मन्त्रालयमा सभापति शेरबहादुर देउवा निकटका मन्त्रीहरूले शपथ लिएका छन् ।

शेखर–गगन समूहले पहिला तीन मन्त्रालयमा दाबी गरेको थियो । अहिले आएर एक राज्यसहित चार मन्त्रालयमा दाबी पेश गरेपछि खैलाबैला भएको छ ।

गगन–शेखर समूहको गुटको बैठकमा उप–निर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका छन् । शेखर–गगन समूहको गुटमा मन्त्रीका आकांक्षीहरूलाई आलोपालो पठाउने विषयमा छलफल भएको छ ।

शेखर–गगन समूहबाट उप–सभापति धनराज गुरुङ, डिकबहादुर लिम्बु र सुरेन्द्र आचार्यको नाम मन्त्रीमा चर्चामा छ । आचार्यलाई राज्य वा फुल मन्त्रीमध्ये एक दिने विषयमा छलफल भइरहेका छन् ।

गगन–शेखर समूहले मन्त्रीको संख्याको माग बढाएपछि बबाल भएको छ । सभापति देउवाले पार्टीभित्र मिलाएर जान खोजेका छन् । तर, महामन्त्री थापाले लफडा गरिरहेका छन् ।

महामन्त्री थापा आफै मन्त्री बन्ने पक्षमा छन् । थापाले शुरुमा अर्थ मन्त्रालयमा दाबी गरेका थिए । अर्थ नभएपछि स्वास्थ्य मन्त्रालयको दाबी गरेका छन् । त्यो पनि सम्भवन नभएमा परराष्ट्र मन्त्री बन्ने इच्छा राखेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गर्ने बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नोटअफ डिसेन्ट लेखेका थिए ।

नोटअफ डिसन्ट लेखेको दुई महिनामै थापा र शर्मा आफ्नै निर्णयलाई लत्याएर मन्त्रीको भागबण्डा थोरै भयो भनेर रुवाबासी गरिरहेका छन् ।

Published : Thursday, 2023 April 13, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया