रिसले रन्किएका रविले इच्छामनकामनामा मतदातालाई झण्डै पाताकसेर दनक दिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नं. २ मा उप–निर्वाचनमा उम्मेदवार बनेका रवि लामिछाने रन्किएका छन् ।
लामिछानेको दोहोरो नागरिकता र राहदानीको कुरा उठाउँदै चितवन २ मा उप–निर्वाचन भएको प्रश्न उठाएपछि मतदाताविरुद्ध रन्किएका हुन् । लामिछानेले प्रश्नकर्ता मतदातालाई गालामा चड्काउने जस्तो गरेर हप्काएर बाहिरिएको भिडियोमा देख्न पाइन्छ । लामिछानेलाई अरुले प्रश्न गरेको मन पर्दैन । गाउँको मतदातालाई जवाफ दिँदा पनि रन्किने लामिछानेबाट चितवन २ का मतदाताले अब के आशा राखुन् ?
लामिछानेले चितवन क्षेत्र नं. २ को लामिछानेले मत माग्ने क्रममा मतदाताहरूलाई धम्काउँदै थुन्नेसम्मको धम्की दिए । त्यसपछि लामिछाने रन्किएर बाहिरिएका हुन् ।
सभापति लामिछानेले बुधबार घरदैलोका क्रममा इच्छामनकामना ६ खानीखोला पुगेका थिए । खानीखोलामा सुदर्शन विष्टको सानो किराना पसल छ । पसललाई विष्टकी पत्नीले चलाउने गर्छिन् । भोट माग्दै लामिछाने पुगे । विष्टले लामिछानेसँग नागरिकता र उप–निर्वाचन हुनुको कारणबारे प्रश्न गरेका थिए । त्यसपछि जवाफ दिन नसकेर लामिछाने रन्किए । अनि ती पसल सञ्चालक विष्टलाई थुन्नेसम्मको धम्की दिए ।
लामिछाने जस्तो मिलाएर बोल्न विष्ट जान्दैनन् । विष्टले ठाडो शैलीमा जिज्ञासा राखेका थिए । तर, लामिछानेले पसलमा बिक्री गर्न राखिएको खस्ता (पप)को प्याकेज देखाउँदै यसको मूल्य कति हो र ब्याच खोइ ? तपाईलाई अहिले नै म थुन्न सक्छु भनेर धम्की दिएका थिए ।
विष्टले नेपाली नागरिकता नै नभएको व्यक्ति चितवन २ बाट किन उठ्नु भयो । अमेरिकन नागरिक भएको र नेपाली नागरिकता नभएका कारण दोस्रो पटक तपाईका कारण निर्वाचन हुन लाग्यो भनेर प्रश्न गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया