विवादित प्रदीपले प्रचण्डकी छोरी-ज्वाइँ बिगार्न थाले, सचिव कै सातो गयो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘गंगा दाहाल र जीवन आचार्य’सँग निकै निकटको सम्बन्ध बनाएका छन् ।
प्राधिकरणको महानिर्देशक पदमा घुमाउरो मार्ग प्रयोग गरेर छिरेका अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गंगा र कान्छा ज्वाइँ जीवनलाई हातमा लिएका छन् । प्रेम आलेमार्फत महानिर्देशक बनेका थिए । अहिले पनि आले र अधिकारीबीच निकै घनिष्ठ सम्बन्ध छ । उनीहरू बेलाबेला गुडफ्राइडे पनि मनाउने गर्छन् । महानिर्देशक अधिकारीले अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हटाएर प्रेम आलेलाई नै मन्त्री बनाउन लागेका थिए । तर, सकेनन् ।
महानिर्देशक अधिकारीका कर्तुतहरू एकपछि अर्को गरेर बाहिरिएर विवाद भइरहेका बेला कारबाहीबाट बच्न अधिकारीले गंगा र जीवनको साथ खोजेका हुन् । गंगाले पनि महानिर्देशक अधिकारीका कर्तुतहरूलाई लुकाउन निकै प्रयास गरिरहेकी छिन् । गंगा र जीवनले अधिकारीको कर्तुतहरू राम्रोसँग बुझेका छैनन् । गंगा र जीवन राजनीतिक चरित्र बोकेका व्यक्ति हुन ।
उनीहरूले कारबाही गर्नुपर्ने अधिकारीलाई बचाउने वा बोक्ने कार्य गर्नु हुँदैन । गंगा र जीवनसँग अधिकारीले नियमित भेट गर्ने गरेको उच्च स्रोतको भनाइ छ ।
महानिर्देशक अधिकारीका कारण गंगाले नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई फोन गरेर सातो लिइसकेकी छिन् ।
सचिव अधिकारीले महानिर्देशक अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका तोकिएको समयभन्दा पछाडि जहाजहरू अवतरण गराएको विषयमा स्पष्टीकरण सोध्न लागेका थिए । स्पष्टीकरण सोध्न लागेको जानकारी पाउनेवित्तिकै गंगा र जीवनलाई भेटेर महानिर्देशक अधिकारीले सचिव अधिकारीविरुद्ध कुरा लगाएका थिए । महानिर्देशक अधिकारीको कुरा सुनेर गंगाले सिधै सचिवलाई फोन गरेर स्पष्टीकरण नसोध्न आदेश दिएकी थिइन् ।
महानिर्देशक अधिकारीका कर्तुतका बारेमा संस्कृति, पर्यटन तथा नागरिक किराँतीलाई सबै जानकारी छ । किराँती लप्पनछप्पन जान्दैनन् । किराँतीले मन्त्रालयभित्र र मातहतमा कसरी सुधार गरेर जनतालाई सुविधा दिने विषयमा मात्रै केन्द्रित हुने गरेका छन् ।
महानिर्देशक अधिकारीका गलत कुराको पछाडि मन्त्री छैनन् । मन्त्रीले धेरै वास्ता नगरेपछि अधिकारीले गंगा र जीवनको साथ लिएर कर्तुतहरू देखाउन थालिसकेका छन् ।
पोखरा विमानस्थलमा ७२ जनाको ज्यान जाने गरेर भएको जहाज दुर्घटनामा महानिर्देशक अधिकारीलाई कुनै कारबाही भएको छैन । उनले अहिले कारबाहीबाट बच्न र कर्तुतहरू लुकाउन गंगा र जीवनलाई मोहरा बनाएका छन् । विवादित महानिर्देशक अधिकारीको षड्यन्त्रलाई गंगा र जीवनले समयमा बुझ्न जरुरी छ ।
महानिर्देशक अधिकारीले गंगा र जीवनलाई मिलाइसके अब मलाई कसैले केही गर्न सक्दैन भनेर आफू निकटका कर्मचारीहरूसँग तल्लोस्तरको गालीगलौजको भाषामा बोल्न थालेको स्रोतको भनाइ छ । हुन त महानिर्देशक अधिकारीले आलेलाई दानो खाने सुँगर भन्ने पनि गरेका छन् । महानिर्देशक अधिकारीले गंगा र जीवनसँग के कसरी कुरा मिलाएका हुन् भगवान जानुनन् ।
महानिर्देशक अधिकारीका बारेमा प्राधिकरणको सामान्य व्यक्तिलाई बोलाएर बुझ्दा पनि हुन्छ । त्यसपछि उनका कर्तुतहरू थाहा हुनेछ ।
अधिकारीले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा परेका उजुरीहरू पनि मिलाइसकेका छन् । अख्तियारले अहिलेसम्म अधिकारीमाथि कुनै कारबाही वा अनुसन्धान नै गरेको छैन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया