सभापति लामिछानेको ‘कोर टिम’मा कान्छीसहित को–को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’को नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।
रास्वपाले श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण बुझाउने क्रममा श्रेष्ठले आफूलाई समस्या परेका बेला सभापति रवि लामिछानेसहित पार्टीले बचाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । आफूलाई दुई करोड प्रकरणमा कारबाही भएमा ‘कोर टिम’को नाम सार्वजनिक गरिदिने चेतावनी दिएका हुन् ।
श्रेष्ठको चेतावनीपछि सभापति लामिछाने तनाबमा परेका छन् । स्रोतका अनुसार ‘कोर टिम’मा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, नेता दीपक बोहरा र डोरप्रसाद अर्याल (डीपी) रहेको चर्चा छ । निकिता पौडेल सभापति लामिछानेकी कान्छी पत्नी हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले सार्वजनिक कार्यक्रममा उनीहरू तीन जनाको नाम लिएर ‘कोर टिम’ भनेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँगको टेलिफोन सम्वादमा श्रेष्ठले आफूलाई मन्त्री बनाउन रास्वपाको ‘कोर टिम’बाट दुई करोड माग भएको बताएका छन् । श्रेष्ठले ‘कोर टिम’को नाम भनेका छैनन् ।
श्रेष्ठले मन्त्री बनाउने नाममा आफूसँग दुई करोड बार्गेनिङ गर्ने ‘कोर टिम’सँगको कुराकानीको प्रमाण आफूसँग रहेको चुतावनी दिएपछि सभापति लामिछाने तनाबमा परेको चर्चा छ ।
गत, माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने ‘कोर टिम’ रहेको बताएका छन् । २ करोड दिए ‘कोर टिम’ले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै श्रेष्ठले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए ।
‘कोर टिम’बारे श्रेष्ठले फोन संवादमा भनेका छन्, ‘मुकुलजी (महामन्त्री ढकाल)लाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी कोर टिममा हुनुहुन्न ।’
‘उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुई–तीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टिमबाट मलाई कुरा आएको हो’, श्रेष्ठले फोनमा भनेका छन्, ‘आज मैले फिक्स गर्नपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।’
दुई वटा नागरिकता, दुई वटा राहदानी लिएर भ्रष्टाचार गरेका छन् । सभापति लामिछानेलाई कारबाही हुँदैन । किन भने उनी ‘भगवान’ हुन् । लामिछानेलाई कारबाही गर्नुभनेको कानूनको उल्लंघन हो । कारबाही गर्नुपर्छ भने सबैभन्दा पहिला सभापति लामिछानेलाई नै कारबाही गर्नुपर्छ । यो मुलुकमा अस्थिरता ल्याउने लामिछाने हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया