एसपी सिंहले गुण्डा नाइके चक्रेलाई बचाए, खोरमा पुगे टोले गुण्डा बोगटी

काठमाडौं । प्रहरीले गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)का बडीगार्डलाई नियन्त्रणमा लिएको छ ।

गुण्डा नाइके चक्रेको बडीगार्डका रुपमा अत्याधुनिक हतियारसहित नेपालगञ्जमा हिँडेका टोले गुण्डा गणेशबहादुर बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौरले बताएका छन् । उनले भने, ‘गणेशबहादुर बोगटीलाई हतियार प्रदर्शन गरेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।’

बडीगार्डका नाममा सुण्डमुण्ड केटाहरूलाई हतियारसहित प्रदर्शन गर्ने गुण्डा नाइके चक्रेकालाई भने बाँके प्रहरीले पक्राउ गरेको छैन । चक्रेलाई पक्राउ गर्न बाँकेका प्रहरी प्रमुख (एसपी) राठौरको खुट्टा कामेको छ । कानून सबैलाई बराबरी लागू हुनुपर्छ । चक्रेलाई पक्राउ नगरेर बाँकेका एसपीले उन्मुक्ति दिन खोजेका छन् ।

बोगटी पनि आफै प्रहरी कार्यालयमा उपस्थिति भएर सरेण्डर गरेको सुरक्षा स्रोतले जनाएको छ । बोगटीलाई पक्राउ गर्न पनि एसपी सिंहले सकेका थिएनन् । बोगटी आफै आएपछि प्रहरीले नियन्त्रणमा राखेको हो ।

गुण्डा नाइके चक्रेले आफ्नो साम्राज्य दाङ र बाँकेमा बनाइरहेका छन् । दाङको राप्ती नदीमा आफ्ना सुण्डमुण्डहरूलाई राखेर अबैध उठ्तीपुठ्ती गरिरहेका छन् । चक्रेको अवैध असुली गर्ने काम देउखुरीका केटाहरूले गरिरहेका छन् ।

टोले गुण्डा बोगटी भिडियोमा चक्रेको सुरक्षामा बडीगार्ड बनेर हतियार देखाएर अगाडि पछाडि गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका बोगटी बाँकेको चिसापानीका हुन् । बोगटी एमालेको युवा संघका कार्यकर्ता पनि हुन् । गुण्डा नाइके चक्रे एमाले समर्थक हुन् ।

गुण्डा नाइके चक्रे युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा भाग लिन नेपालगञ्ज गएका थिए । सम्मेलनको एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले उद्घाटन गरेका थिए ।

बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद भएको छ । एसपी राठोरले हतियार इजाजत प्राप्त रहेको बताए । उनले हतियार लाइसेन्सवाला भएपनि खुलेआम बोकेर हिँड्न नपाइने बताएका छन् ।

यसअघि बोगटीले हतियारसहित चक्रेलाई सुरक्षा दिएको भिडिओ सार्वजनिक भएको थियो । त्यसपछि दवावमा परेको प्रहरीले हतियार देखाउने टोले गुण्डा बोगटीको खोजी गरेको थियो ।

Published : Tuesday, 2023 April 11, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया