गुण्डा नाइके चक्रेले ठमेलबाट अड्डा सारे, सुण्डमुण्ड र हतियार प्रदर्शन, एसपी सिंह मुकदर्शक
काठमाडौं । एमाले निकटका गुण्डा नाइके चक्रे मिलनले टोले गुण्डाहरूसहित हतियार देखाएर नेपालगञ्जमा आतंक मच्चाएका छन् ।
अगाडि–पछाडि, दायाँ–बायाँ सुण्डमुण्डहरू राखेर चक्रेले नेपालगञ्जको एउटा होटेलमा हतियार प्रदर्शन गरेका हुन् । दक्षिण भारतीय फिल्मको शैलीमा हतियार बोकेका बडीगार्डलाई चक्रे मिलनले प्रदर्शन गरेका छन् । चक्रेसँग १०/१५ जना सुण्डमुण्डहरू पनि देखिएका छन् ।
चक्रे नेपालगञ्जको एउटा होटलबाट बाहिरिँदै गरेका भिडियोमा देख्न सकिन्छ । भिडियोमा चक्रेका बडीगार्डले हतियार बोकेका छन् । कानूनअनुसार हतियार देखाएर सर्वसाधारणलाई आतंकित बनाउन पाइँदैन । तर, चक्रेले हतियार देखाएर नेपालगञ्जमा आतंक मच्चाएका छन् ।
नेपालगञ्जका टोले गुण्डाहरू ज्ञानु वली र विमल केसीको निमन्त्रणमा गुण्डा नाइके चक्रे नेपालगञ्ज पुगेको स्रोतले जनाएको छ । काठमाडौंको ठमेलसहितका क्षेत्रबाट बिस्थापित भएका गुण्डा नाइके चक्रेले आफ्नो साम्राज्य दाङ र बाँकेमा बिस्तार गरेका छन् । चक्रेले दाङको राप्ती नदीमा ज्ञानु केसीसहितका केटाहरूलाई राखेर अबैध उठ्तीपुती गर्दै आएका छन् । दाङको देउखुरीमा चक्रेको निकै बाक्ला आउजाउ छ ।
गुण्डा नाइके चक्रेको साथमा बडीगार्ड बनेर हतियार बोक्ने टोले गुण्डाको नाम गणेश बोगटी हो । भिडियोमा अत्याधुनिक हतियार देखिएको छ ।
गएको प्रतिनिधि सभाको निर्वाचनका बेला गुण्डा नाइके चक्रेले गोरखा जिल्लामा एमालेबाट टिकटमा दाबी गरेका थिए । पछि उनको टिकट खोसिएको थियो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिने गुण्डा नाइके चक्रेलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले निकै मन पराउँछन् । ओलीलाई भेट्न चक्रे बेलाबेला बालकोट पुग्ने गरेका छन् ।
पछिल्लो समय राजनीतिक आडमा फेरि राजधानीलगायतका देशका विभिन्न शहरहरूमा गुण्डागर्दी मौलाउन थालेको छ । केही वर्ष अगाडि प्रहरी इन्काउन्टरमा गुण्डा नाइकेद्वय कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ मारिएपछि देशमा गुण्डागर्दी कम भएको थियो ।
चक्रे अहिले पनि प्रहरीको निगरानीमा छन् । बिगतमा प्रहरीको इन्काउन्टरबाट बचेका चक्रेका यस्तै गतिविधिले पुन: प्रहरी शसंकित बनेको छ ।
पछिल्लो समय पुन: गुण्डा नाइकेहरूले औकात देखाउन थालेका छन् । चक्रे जस्ता गुण्डाहरूले पुन: आफ्नो आतंक समाजमा देखाउन थालेका छन् ।
गुण्डागर्दीमा लागेकाहरू विभिन्न राजनीतिक दलको सदस्यता लिँदै त्यही राजनीतिक दलको आडमा गुण्डागर्दीमा संलग्न हुन थालेका छन् ।
गुण्डागर्दीमा संलग्न चक्रे जस्ता गुण्डाहरूले ठूला र घातक हतियार देखाएर समाजलाई आतंकित बनाउँदा पनि प्रहरी मुकदर्शक बनेर बसेको छ ।
टोल गुण्डाहरूसहित गण्डा नाइके चक्रेले नेपालगञ्जमा हतियार देखाएर आतंक मच्चाउँदा समेत जिल्ला प्रहरी कार्यालय बाँके बेखबर छ । बाँकेको प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौर छन् । एसपी राठौरले चक्रेको हतियार आतंक रोक्न कुनै पनि सक्रियता नदेखाएको आरोप छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग गुण्डा नाइके चक्रे मिलनले नेपालगञ्जमा हतियार देखाएर आतंक मच्चाएको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
नेपाल प्रहरीका एआईजी तथा प्रवक्ता पोषराज पोखरेलले हतियार देखाएर सर्वसाधारणलाई आतंकित बनाउन नपाइने बताएका छन् । उनले भने, ‘हतियार देखाएर आतंकित बनाउने अधिकार कसैलाई पनि छैन । कसैले हतियार देखाएर शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेको छभने कारबाही हुन्छ ।’
उनले भने, ‘लाइसेन्स प्राप्त हतियार छभने पनि प्रदर्शन गरेर आतंकित बनाउन कार्य कहिँ कतैबाट हुनु हुँदैन ।’
सुण्डमुण्ड र हतियार प्रदर्शन गरेको विषयमा प्रतिक्रिया लिन चक्रे मिलनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
नेपाल प्रहरीको आईजीपी बसन्तबहादुर कुँवर छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । कुँवरले नेपाल प्रहरीको कमाण्ड र श्रेष्ठले गृह मन्त्रालय सम्हालेको केही दिनभित्र चक्रे मिलनले हतियार प्रदर्शन गरेका छन् । चक्रे मुलुकको शान्ति सुरक्षा फितलो र कमजोर छभन्ने सन्देश दिएका छन् ।
उनका समकक्षीहरू दीपक मनाङ्गेसहितका गुण्डा नाइकेहरू सांसद र मन्त्री बनिसकेका छन् । चक्रे राजनीतिमा सफल हुन सकेका छैनन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया