प्रदीपले चाकडी गर्न खोज्दा प्रचण्डालाई नराम्रोसँग फसाए, किराँती हेरेको हेरै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा बुद्ध एयरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जहाजमा चढ्ने र ओर्लने क्रममा रातो कार्पेट बिच्छ्याएर चाकडी गरेको छ ।

प्रधानमन्त्री दाहालले आइतबार धनगढी जाने क्रममा बुद्ध एयरको टिकट लिएका थिए । प्रधानमन्त्री दाहाल र उनको सहयोगीका रुपमा गएका सबैको टिकट महानिर्देशक अधिकारीले मिलाएको चर्चा छ ।

प्रधानमन्त्री दाहाललाई जहाजमा चढ्ने बेला रातो कार्पेट बिच्छ्याएर जहाजमा चढाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ दाहाललाई जहाजमा चढाउन रातो कार्पेट बिच्छ्याइएको थियो । धनगढी एयरपोर्टमा झर्ने बेला पनि दाहालको स्वागतमा रातो कार्पेट बिच्छ्याइएको थियो ।

प्रधानमन्त्री दाहाललाई आन्तरिक उडानमा निजी जहाजमा रातो कार्पेट बिच्छ्याएर स्वागत गरेको विषयले चर्चा पाएको छ । सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारी निकै तनावमा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग कुरा मिलेको छैन ।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि नेपाली आकाश असुरक्षित बनेको छ । धेरैको ज्यान जाने गरेर ठूला ठूला दुर्घटना भइसकेका छन् ।

राजनीतिक शक्ति लगाएर कारबाहीबाट बच्दै आएका महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई खुसी बनाउन निकै चाकडी गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालको चाकडी गर्न अधिकारीले बुद्ध एयरको जहाजमा चढ्ने बेला रातो कार्पेट बिच्छ्याउन लगाएर प्रधानमन्त्री दाहाललाई फसाएका छन् ।

विवादास्पद महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाललाई अनावश्यक विवादमा ल्याइदिएका छन् ।

पोखरामा ७२ जनाको ज्यान जाने गरेर भएको जहाज दुर्घटनाबाट महानिर्देशक अधिकारीले उन्मुक्ति पाएका छन् । उनका काण्ड र कर्तुतहरूका बारेमा राज्यका सबै निकायलाई थाहा छ । तर, कुनै कारबाही हुन सकेको छैन ।

महानिर्देशक अधिकारीसँग सबै डराउँछन् । महानिर्देशक अधिकारीका सामु मन्त्री किराँतीसहित सबै पानीमरुवा बनेका छन् ।

महानिर्देशक अधिकारीले आफू निकटका मानिसहरूसँग मन्त्री किराँतीलाई समेत मुख छाडेर गालीगलौज गर्ने गरेको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारीले ‘प्रधानमन्त्री दाहाललाई मिलाइसकेँ, यो मन्त्री किराँतीले मलाई केही गर्न सक्दैन’ भनेर आफू निकटका मानिसहरूसँग मुख छाडेर बोल्ने गरेको प्राधिकरणका एक कर्मचारीले बताएका छन् ।

महानिर्देशक अधिकारीले आफ्नो पद बचाउन नेपाली कांग्रेसका उप–सभापति समेत रहेका उप–प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि चाकडी गर्ने गरेका छन् । खड्कासँग निकै निकट रहेर आफ्नो महानिर्देशक पद बचाइदिन अधिकारीले दिनरात चाकडी गर्ने गरेको चर्चा छ ।

Published : Sunday, 2023 April 9, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया