‘राजकुमार’ छोराहरूसँग मिलेपछि डर लाग्ने नराम्रो काण्डमा फसे एमालेका बादल र रायमाझी

काठमाडौं । एमालेका नेताद्वय रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका छन् ।

नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा उनीहरू मुछिएका हुन् । ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाइएको छ ।

थापा तत्कालीन समयमा गृहमन्त्री थिए । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापाविरुद्धसमेत उजुरी परेको छ । हुन त थापाकै भाइ समेत चन्दा आतंक, अपहरण काण्डमा पक्राउ परिसकेका छन् । थापाको परिवार निकै बद्नाम छ । तत्कालीन समयमा नेता रायमाझी उर्जामन्त्री थिए ।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । भुटानी शरणार्थी काण्डमा एमालेका सचिव रायमाझीको सहयोग गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । एमालेका नेता रायमाझीका छोराका नाममा डेढ करोडको चेक प्रहरीले फेला पारेको छ ।

रायमाझी र थापाको संरक्षणमा रहेको गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको छ ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, राईका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ ।

दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले पक्राउ गरिसकेको छ । दुलाल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका पूर्व सहयोगी हुन् ।

भुटानी शरणार्थी काण्डमा संकलन गरेको रकमबाट हेलिकप्टमा उड्नेदेखि विभिन्न खालका मोजमस्त गरेको पनि पाइएको छ । भण्डारी र शर्मासहित नेता रायमाझी हेलिकोप्टर चार्टर गरेर गोसाइँकुण्ड घुमेका थिए ।

भुटानी शरणार्थी काण्डका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको आफ्नो खाताको चेकबाट २०७६ जेठ १९ सन्दीपका नाममा चेक काटेका थिए ।

Published : Friday, 2023 April 7, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया