यी शक्तिशाली ठग रविलाई जिताउन अमेरिकाबाट थैलो बोकेर आउँदै, एयरपोर्टबाटै खोरमा हाल्ने तयारी
काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापाका काण्डहरू एकपछि अर्को गरेर बाहिरिएका छन् ।
हुन त लामिछाने नै काण्डै काण्डमा परेका व्यक्ति हुन् । लामिछानेका साथीहरू पनि ठ्याक्कै उस्तै काण्डहरूमा मुछिएका छन् ।
यिनै ठग थापा अहिले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड, देउवा र ओलीको सत्तोसराप गरी रवि लामिछानेलाई भगवान भन्दै वर्णन गरिरहेका हुन्छन् । उनै ठगका विषयमा जति उजुरी परेपनि प्रहरीका उच्च हाकिमहरूले संरक्षण गर्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशको कायपलट गर्ने नारा लगाउँदै आएको छ । देश बनाउँछु भन्ने पार्टीका केही केन्द्रीय सदस्यहरू भने विवादै विवादमा परेका छन् ।
सभापति लामिछानेले हुण्डी कारोबारदेखि म्यानपावरमा ठगी गर्ने र अमेरिकामा अनेक विवादमा मुछिएकाहरूलाई केन्द्रीय सदस्य बनाएका छन् ।
हुण्डी कारोबार गर्ने डोलप्रसाद अर्याल (डीपी)लाई लामिछानेले सांसदमात्र होइन, ४२ दिने सरकारमा श्रम मन्त्री बनाएका छन् ।
म्यानपावर व्यवसायीलाई श्रममन्त्री बनाएकोमा लामिछानेको आलोचना समेत भयो । आत्मालोचना गर्नतिर भन्दा लामिछानेले आलोचना गर्नेहरूलाई १२ भाइको संज्ञा दिएर बिषयान्तर गरेका छन् ।
अर्का म्यानपावर ब्यवसायी देवेन्द्र बजगाइँ छन् । उनको डीडी म्यानपावर पनि कामदारकै सवालमा खारेजमा परेको थियो ।
अर्का केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठ भने लामिछाने गृहमन्त्री हुनासाथ सशस्त्र प्रहरी बलको ३५ करोडको ठेक्का हात पार्ने खेलमा लागेको भेद खुलिसकेको छ ।
अमेरिकामा काण्डै काण्डमा जेलमा परेर निस्किएका केन्द्रीय सदस्य मोहनजंग थापा भने लामिछानेकै नाम बेच्दै पछिल्लो समयमा ठगीधन्दालाई मलजल पुर्याइरहेका छन् ।
अमेरिकाको बाल्टिमोरमा बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको काठमाडौंमा रहेको घर बैना गराइदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपियाँ ठगी गरेको खुलाासा भएको छ ।
उनले लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरूलाई उल्टै धम्की दिने गरेको कुरा पनि ब्यवसायीहरूबाटै बाहिर आएको छ ।
अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरूलाई लाखौं रकम ठगी गर्दै आएका थापाले प्रहरीका उच्च हाकिमहरूसँग नाम जोडेर गफ लगाउने गरेका छन् ।
प्रहरीका उच्च हाकिमहरूको नाम लिएर थापाले पीडितहरूलाई उल्टै धम्क्याउदै आएको एक पीडितले गुनासो गरेका छन् ।
थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेका छन् ।
त्यो पैसा पटक–पटक फिर्ता माग्दा पनि नदिई उल्टै धम्की दिने गरेका छन् । लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको छ ।
उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छर्दै ठगी गर्ने गरेका छन् ।
थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।
थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।
उनै थापाले विभिन्न व्यक्तिहरूबाट लिएको पैसा फिर्ता गर्दा अबैध पैसा किन फिर्ता गर्नुपर्यो, तपाई नै फस्नुहुन्छ भन्दै धम्की दिने गरेका छन् । अमेरिकाका नेपालीहरूलाई ठगी गर्न उनले एक छद्मभेषी व्यक्तिलाई नै खटाएको बुझिन आएको छ ।
ती व्यक्तिको काम नै थापालाई ठूलो व्यवसायीभन्दै नयाँ व्यक्तिहरूलाई चिनजान गराउने र विभिन्न बहानामा पैसा असुली गर्ने हो ।
थापाको ठगीधन्दा विरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ केही पीडितहरूले उजुरी समेत दिएको स्रोतले जनाएको छ । सभापति लामिछानेको प्रचारमा नेपाल आउन लागेका थापालाई प्रहरीले पक्राउ गर्छ कि गर्दैन ? हेर्न बाँकी छ ।
सभापति लामिछाने र थापासँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया