विप्लवले गृहमन्त्रीलाई नाकैमुनि औकात देखाइदिए

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभामा झ्यालबाट छिरेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेवित्तिकै मुलुकको शान्ति सुरक्षामा प्रश्न उठ्न थालेका छन् ।

अपराध, चन्दा आतंक र तस्करीका घटना धमाधम बाहिर आउन थालेका छन् । उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठको कुशल कमाण्ड हुन नसक्दा तस्करी, चन्दा आतंक मौलाएको चर्चा छ ।

श्रेष्ठ जनताबाट अनुमोदित नेता होइनन् । उनी जहिले पनि धम्कीको राजनीतिबाट उदाएका नेता हुन् । उनको पछाडि नेता कार्यकर्ता छैनन् । सीमित र सानो झुण्ड श्रेष्ठको पछाडि लाग्ने गरेको छ ।

सुरक्षा निकायले पनि श्रेष्ठलाई टेर्दैन । सस्तो लोकप्रियताका लागि झिनामसिना कुरामा श्रेष्ठले समय खेर फालिरहेका छन् । श्रेष्ठले गृह मन्त्रालय सम्हाल्नेवित्तिकै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौं उपत्यकाभित्रै चन्दा आतंक सञ्चालन गरेको छ ।

स्थानीय तहहरूसँग कार्यकर्ता पठाएर विप्लव समूहले चन्दा माग गरेर हैरान बनाएको गुनासाहरू कर्मचारीले गरिरहेका छन् । विप्लवले पनि श्रेष्ठलाई टेर्दैनन् । श्रेष्ठलाई विप्लवले कहिल्यै पनि नेता मानेनन् । झन् गृहमन्त्री बनेपछि विप्लवले टेर्ने कुरै भएन ।

गृहमन्त्री श्रेष्ठलाई नटेरेर नै विप्लवले काठमाडौं उपत्यकाभित्र चन्दा आतंक मच्चाएका हुन् । गृहमन्त्री श्रेष्ठ भने सस्तो लोकप्रियता कहाँ पाइन्छ भनेर हिँडिरहेका छन् ।

गृहमन्त्री जस्तै नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर पनि चिसो छन् । कुँवरले प्रहरीको कमाण्ड सम्हाल्न नसकेको चर्चा छ । कुँवरले कुनै कार्य त गरेका छैनन् । तर, फौजी संगठनलाई चाहिने कौशलता आईजीपी कुँवरमा छैन भनेर चर्चा भएको छ ।

आफ्ना दाईको राजनीतिक शक्तिका कारण आईजीपी बनेका कुँवरले शान्ति सुरक्षा बलियो बनाउने विषयमा ध्यान दिन नसकेको आरोप छ ।

Published : Thursday, 2023 April 6, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया