उप–निर्वाचनका लागि देउवासहितका शीर्ष नेताहरूद्वारा ठूलो अपील
काठमाडौं । नेपाली कांग्रेससहितका सत्ता गठबन्धनका दलहरूले तनहुँ १, चितवन २ र बारा २ मा गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
वैशाख १० गते आइतबारका दिन हुन लागेको प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई मतदान गर्न अपील गरिएको छ ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मतदान गर्न अनुरोध गरिएको छ ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवलाई मतदान गर्न अपील गरिएको छ ।
उम्मेदवारी दर्ता भैसकेको सन्दर्भमा गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक रहेको शीर्ष नेताहरूद्वारा मंगलबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था, संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र
उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया