काठमाडौंका ९ वटा क्यासिनोमा मध्यराति प्रहरीको छापा, जिल परे राजेन्द्र बजगाइँ
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौंका ९ वटा क्यासिनोमा छापामारेको छ ।
अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेको एक हप्तामै ९ वटा क्यासिनामो छापामारेका हुन् । प्रहरीले मिनी क्यासिनो समेत गरेर नौ वटामा छापामारेको हो ।
प्रहरीको टोलीले सोमबार राति क्यासिनोहरूमा छापामारेको थियो । प्रहरीले क्यासिनोहरूमा निगरानी गर्दै आएको छ । क्यासिनोहरूमा विदेशी नागरिकलाई खुला भए पनि नेपाली नागरिकहरूलाई प्रवेश निषेध छ । नेपाली अर्थतन्त्रमा क्यासिनोहरूको पनि सानो भूमिका छ । बजारमा पैसाको अभाव भइरहेका बेला क्यासिनोहरूमा अबैध गतिविधि त भएको छैन ? भनेर प्रहरीले छापामारेको छ ।
क्यासिनोमा छापामारे पनि शंकास्पद व्यक्ति भने पक्राउ परेका छैनन् । ती क्यासिनामा नेपालीहरूको अबैध प्रवेश र अबैध गतिविधि छ कि भनेर एआईजी ज्ञवालीले छड्के अनुगमन, नियमनका लागि छापामार्न आदेश दिएका छन् ।
प्रहरीले सोल्टी होटेल, अन्नपूर्ण होटेल, एलोफ्ट छाँया सेन्टर, मेरियट, ह्यात, मल्ल होटेलको क्यासिनो र मिनी क्यासिनोहरूमा छापामारेको छ ।
एसपी र डीएसपले टाेलीकाे कमाण्ड गरेका थिए । प्रत्यक टाेलीमा २५ जना प्रहरी रहेर छापामारेको स्रातेले जनाएका छन् ।
मेरियट होटेलका सञ्चालक समेत रहेका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँको मेरियट होटेलमा रहेको क्यासिनामा पनि प्रहरीले छापामारेको छ ।
क्यासिनोमा छापामारेपछि सांसद बजगाइँ चकित परेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया