सरकारी पैसा खान पल्केकाहरूलाई तनाब दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति बनाएको हो । समितिको सदस्यहरूमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेका छन् ।

समितिलाई मिटरब्याज पीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको छ ।

सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमा राख्ने निर्णय भएको छ ।

सरकारले गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सुराकी खर्च कटौती गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।

गृहमन्त्री र गृह सचिवले हिसावकिताव देखाउन नपर्ने गरेर जासुसी परिचालनका लागि खर्च गर्ने कार्यविधि थियो त्यो कार्यविधि खारेज भएको छ ।

उता, चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र थियो ।

मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको छ ।

Published : Monday, 2023 April 3, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया