‘धुन्धुकारी’ सीतालाई कारबाही हुने, प्रदीप अधिकारीका कारण हवाइ क्षेत्र असुरक्षित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीता एयरलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सीता एयर प्रा.लि.को जहाजले चैत १५ गते दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको थियो ।
यात्रुलाई नेपालगञ्जमा ओरालेर अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको थियो । सो विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको प्रेस नोटमा उल्लेख छ ।
दाङबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाजले नेपालगञ्जमा यात्रु ओरालेर अलपत्र पारेको सम्बन्धमा छानबिन प्रकृया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि नेपालको हवाइ उड्डयन क्षेत्र निकै असुरक्षित बनेको छ । विभिन्न दुर्घटनाहरू भइरहेका छन् । निजी एयरलाइन्सहरूको दादागिरी भइरहेको छ ।
महानिर्देशक अधिकारीले आफ्नो स्वार्थअनुसारको काम गर्दा निजी एयरलाइन्सहरूले यात्रुलाई ठगी गर्नेदेखि जोखिमपूर्ण यात्रा गराउने गरेको आरोप लाग्दै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली आकाश र यात्रुलाई सुरक्षित बनाउन प्रयास गरेका छन् । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले असहयोग गर्दै आएका छन् ।
नेपाली आकाश सुरक्षित बनाउने हो भने सबैभन्दा पहिला प्राधिकरणका महानिर्देशक अधिकारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग जबरजस्त रुपमा उठेको छ ।
मन्त्री किराँतीले नै सीता एयरको जहाजले दाङबाट यात्रु काठमाडौं ल्याउनुपर्नेमा नेपालगञ्ज ओरालेर अलपत्र पारेको विषयमा गम्भीर चासो देखाएपछि तीन दिनपछि बल्ल प्राधिकरणले सीता एयरलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया