कांग्रेसबाट सबैकाे कारबाही फुकुवा, क–कसलाई भयो फाइदा ?
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका क्रममा कारबाहीमा परेका सबैको कारबाही फुकुवा गरेको छ ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विक्रम संवत २०७९ सालमा भएका निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन लागेका अन्तर्घातीहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विक्रम संवत २०७९ सालमा भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन पूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा आफूले विगतमा गरेका गल्तीप्रति आत्मालोचित पार्टी सदस्यको पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गर्दै, पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी यस निर्णयको कार्यान्वयन प्रयोजनको लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ४(१३)(ग), धारा ३४ (१)(घ) र धारा ३४(८)(ङ) को व्यवस्थालाई निलम्वन गर्ने निर्णय गरिन्छ ।’
कांग्रेसले भनेको छ, ‘यस निर्णयलाई पार्टीको आगामी महासमिति, महाधिवेशनबाट अनुमोदन गराइनेछ ।’
‘विक्रम संवत् २०७९ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका तथा त्यस्ता वागी उम्मेदवारका प्रस्तावक र समर्थक रहेका तनहुँ, चितवन र बाराका पार्टीका स्थानीय नेता तथा पार्टी सदस्यले, यही २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य पदको उप–निर्वाचनमा आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्रका पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजय बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहेमा, त्यस्ता व्यक्तिको नेपाली कांग्रेसको क्रियाशील सदस्यता लगायत अन्य भूमिका र जिम्मेवारीको सम्बन्धमा पार्टीको आगामी बैठकले आवश्यक निर्णय गर्न सक्नेछ’, कांग्रेसले भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय संचालन निर्देशिका, २०७९ र नेपाली कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझाव समेतलाई समावेश गर्ने गरी परिमार्जन सहित पारित गर्ने निर्णय यो बैठक गर्दछ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया