बारा २ मा कांग्रेसले कसलाई गर्नेछ समर्थन ?
काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई बाराको क्षेत्र नं. २ को उप–निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न लागेका छन् । यादव सप्तरीबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।
कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०८० वैशाख १० मा हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उप–निर्वाचनमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय यो बैठक गर्दछ ।’
प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका यादव संसदमा छिर्न विभिन्न तिकडम गरिरहेका छन् । बारा २ बाट लोसपाका नेता राजेन्द्र महतो, जनमत पार्टीका नेता शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्न लागेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया