धरासायी बनेको शेयर, सहकारी र बैंकलाई माथि उकास्ने अर्थमन्त्री डा.महतको यस्तो छ योजना
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन पहल गर्ने बताएका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै डा.महतले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् । उनले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको बताएका छन् ।
अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने मन्त्री डा.महतले बताएका छन् । उनले भने, ‘लघुवित्त र सहकारीहरू समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ ।’
‘अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ’, डा.महतले भनेका छन् । ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नुछ’, उनले भने, ‘सकारात्मक सोंचमा बदल्नुछ ।’
उनले भनेका छन्, ‘ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्नेछ ।’ उनले लगानीमा नकारात्मक वातावरण बनेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया