उप-सभापति खड्काले सभापति देउवाको आदेश मान्छन् वा अवज्ञा गर्लान् ?
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार सभापति शेरबहादुर देउवाले उप–सभापति खड्कालाई उप–प्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी लिएर सरकारको नेतृत्व गर्न आग्रह गरेका थिए । तर, खड्काले रक्षा मन्त्रालय लिन अस्वीकार गरेको उच्च स्रोतले जनाएको छ ।
उप–सभापति खड्काले अर्थ मन्त्रालय वा परराष्ट्र मन्त्रालय दिनुपर्ने अडान लिएका छन् । सभापति देउवाको निर्देशनलाई मानेर उप–सभापति खड्का उप–प्रधान तथा रक्षा मन्त्री बन्छन् वा बन्दैनन् हेर्न बाँकी छ ।
सभापति देउवा निकट मानिने खड्काकै कारण नयाँ मन्त्रीहरूको शपथ कार्यक्रममा ढिलाइ भएको छ । कांग्रेसबाट सरकारमा ८ जना मन्त्रीले जिम्मेवारी पाउँदैछन् ।
रक्षा मन्त्रालय चित्त बुझ्दैन भने उप–सभापति खड्काले आफ्नो ठाउँमा अरु सांसदलाई मन्त्रीमा सिफारिस गरे पनि हुन्छ । खड्कालाई त्यो अवसर छ ।
स्व.खुमबहादुर खड्काको टिमबाट कांग्रेसको पदाधिकारी बनेका उप–सभापति खड्काले देउवालाई साथ दिँदै आएका छन् । उप–सभापति खड्काले स्व.खुमबहादुर खड्का निकटका नेताहरूलाई नेतृत्व गरेर जाने प्रयास गर्दै आएका छन् ।
उप–सभापति खड्काले आफू मन्त्री बन्नेभन्दा पनि आफू निकटका सांसदहरू जो युवा छन् उनीहरूलाई मन्त्री बनाएर अवसर दिनुपर्ने सुझाव पनि छ । खड्का पटक पटक मन्त्री बनिसकेका छन् । उनलाई मन्त्रीको मोह नहुनुपर्ने थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया