रविको सांसद फुत्किएको क्षेत्रमा कांग्रेसले यी नेतालाई दियो टिकट
काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उप–निर्वाचनमा पूर्व सभापति जीतनारायण श्रेष्ठलाई टिकट दिएको छ ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उप–निर्वाचनको टिकट दिएको हो ।
टिकट पाएको श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापति हुन् । चितवनको क्षेत्र नं. २ मा वैशाख १० गते प्रतिनिध सभाको उप–निर्वाचन हुन लागेको छ ।
अमेरिकन नागरिक भएको पुष्टि भएपछि चितवन २ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद फुत्किएपछि आयोगले उप–निर्वाचन गराउन लागेको छ । लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएका थिए ।
लामिछानेको राहदानी रुपयोग काण्डमा मुद्धा चल्न सक्ने सम्भावना पनि उत्तिकै छ । राहदानी दुरुपयोग काण्डमा महान्यायाधिवक्ताको कार्यालय मुद्धा चलाउन नपर्ने निर्णय गरे पनि महान्याधिवक्ता कार्यालयको निर्णयविरुद्ध केही व्यक्ति सर्वोच्च अदालतमा पुगेका छन् ।
चितवन क्षेत्र नं. २ का मतदाताले नागरिकता र राहदानी काण्डमा परेका लामिछानेलाई मतदान गरेर जिताउँछन् वा आफ्नै जिल्लाको स्थानीय नेता श्रेष्ठलाई जिताउँछन् हेर्न बाँकी छ ।
चिवतन २ मा लामिछाने आयातित नेता हुन् । लामिछाने निकै विवादित व्यक्ति हुन् । लामिछानेका कर्तुतहरू निकै धेरै छन् । उनको नाम महिलासँग धेरै जोडिएर आउने गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया