रामचन्द्र पौडेलले छाडेको क्षेत्रमा कांग्रेसले कसलाई दियो टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फको उप–निर्वाचनमा गोविन्द भट्टराईलाई टिकट दिएको छ ।

ललितपुरको सानेपास्थित मुख्यालयमा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता भट्टराई तनहुँ २ को उप–निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ १ बाट प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र खाली थियो ।

निर्वाचन आयोगले वैशाख १० गते उप–निर्वाचन गर्न लागेको छ ।

Published : Thursday, 2023 March 30, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया