देवराजले पनि विद्या भण्डारीको झल्को दिए, एमालेको बास्ना आएपछि कांग्रेसका खतिवडाले नङ्ग्याए
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको बैठकमा उप–सभामुख ईन्दिरा राना सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति देवराज घिमिरेले उप–सभामुख सदनमा रहेकै बेला एमालेका सांसद कृष्णगोपाल श्रेष्ठलाई सभामुखको कुर्सी दिएपछि कांग्रेसका सांसद खतिवडाले प्रश्न उठाएका हुन् ।
खतिवडाले भने, ‘उप–सभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदयले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’
प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ मा बैठकको सञ्चालन र स्थगन सम्बन्धी व्यवस्था छ । त्यो व्यवस्थालाई एमालेबाट सभामुख बनेको घिमिरेले उल्लंघन गरेका छन् । सभामुख घिमिरेले संसदमा एमालेको झल्को दिएका छन् । सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने नियमावलीमा उल्लेख छ ।
सभामुखले बैठकको प्रारम्भ गरेपछि उप–सभामुख वा सदनको अध्यक्षता गर्ने गरी मनोनयन भएका सदस्यलाई सदनको अध्यक्षता गर्न दिएर सभामुख बाहिर रहन सक्छन् ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० मा अध्यक्षता गर्ने सदस्यको मनोनयन सम्बन्धी व्यवस्था छ । सभामुखले आफू तथा उप–सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सात जना सदस्यलाई मनोनीत गर्न सक्ने नियमावलीमा उल्लेख छ ।
उप–सभामुख तथा अध्यक्षता गर्न मनोनयन गरिएका सदस्यले अध्यक्षता गरिरहको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने प्रावधान नियममा छ ।
कांग्रेस सांसद खतिवडाले प्रतिनधि सभा नियमावलीको व्यवस्थातर्फ संकेत गरेका हुन् । खतिवडाले उप–सभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ? भनी प्रश्न उठाएका हुन् । खतिवडाले बोल्दै गर्दा सभामुख सदन बाहिर थिए ।
उप–सभामुख सदनमै उपस्थित थिइन् । सदनको अध्यक्षता एमालेका सांसद श्रेष्ठले गरिरहेका थिए । आफ्नो उपस्थिति लगायतका प्रश्न उठाएपछि श्रेष्ठले सांसद खतिवडालाई जवाफ दिएका थिए । एमालेका सांसद श्रेष्ठले कांग्रेस सांसद खतिवडाले उठाएको विषयलाई ध्यानाकर्षण भएको जनाएका थिए ।
प्रतिनिधि सभाको बैठकमा सभामुख तथा उप–सभामुखको अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्नेगरी मनोनीत भएका सांसदहरूमा कृष्णगोपाल श्रेष्ठसँगै ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला सिर्पाली ठकुरी रहेका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बसेर एमालेको पक्षपोषण गरेकी थिइन् । भण्डारीको निकै विरोध भएको थियो । भण्डारीको झल्को दिने गरेर सभामुख घिमिरेले पनि काम गर्न थालेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरू झस्किएका छन् ।
उप–सभामुख ईन्दिरा राना छिन् । उनी राष्ट्रय स्वतन्त्र पार्टीबाट उप–सभामुख बनेकी हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया