७८ यात्रु बोकेको बुद्ध एयरकाे जहाज रनवेमा दौडिएर फर्कियो
काठमाडौं । ७८ यात्रु खचाखच बोकेर भैरहवा उड्न लागेको बुद्ध एयरको जहाज रनवेबाट फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाज टेकअप लिन नसकेपछि सोमबार रनवेबाट फर्किएको हो ।
काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को जहाजले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।
बुद्ध एयरको जहाजमा इन्डिकेटरमा समस्या आएको थियो । सोमबार २:४५ बजेको उडान तालिका रहेको बुद्धको जहाजमा चालक दलका सदस्यसहित ७८ यात्रु सवार थिए ।
बुद्धको जहाज रनवेमा केही बेर दौडिसकेको थियो । अचानक इण्डिकेसन समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो । बुद्ध एयरको जहाजमा बेलाबेला समस्या आउने गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया