सीआईबीद्वारा श्रेष्ठलाई भैंसेपाटीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललितपुरको भैंसेपाटीबाट बस्ने ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–११ बस्ने श्रेष्ठलाई आइतबार सीआईबीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । श्रेष्ठ बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् ।
उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपियाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।
यता, महोत्तरीको एकडरा गाउँपालिका–५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटकटैयाबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१५, १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९६ मिलिग्रामसहित सुनसरी धरान उप–महानगरपालिका–१५ बस्ने २३ वर्षीय गोपाल विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बम्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता, मोरङको पथरी शनिश्चरे नगरपालिका–३ किराँतचोक बस्ने ४३ वर्षीया सारदा सुनदास आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको गोदावरी नगरपालिका–१४ लाखेटोल डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया