प्रचण्डको प्रधानमन्त्री गुम्न लागेको हो ? गगन थापाको नयाँ खुलासा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले मानिसलाई बढि पाउने इच्छा हुने भन्दै प्रधानमन्त्रीलाई पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै छ ।’

थापाले जुनसुकै ठाउँमा पुगेको भएतापनि मानिसलाई जति छ, त्योभन्दा बढि पाउने इच्छा भइरहने बताएका छन् ।

उनले भने, ‘अहिले म यसो नेताहरू हेर्छु, पटक–पटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला, पटक–पटक चुनाव जितेकालाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ ।’

‘अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर हटाइ देलान् कि भन्ने डर छ’, कांग्रेसका महामन्त्री थापाले भनेका छन् ।

Published : Friday, 2023 March 24, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया