नेपाल प्रहरीको आईजीपीमा कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा भएको छ ।

कुँवरले आफ्ना ४ प्रतिस्पर्धीलाई पन्छ्याएर आईजीपी बन्न सफल भएका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरले बिक्रम संवत २०८१ सालको चैत महिनासम्म आईजीपीको जिम्मेवारी सम्हाल्नेछन् ।

कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

आइजीपी धिरजप्रताप सिंहले शुक्रबार मध्यरातिदेखि नियमित अवकाशमा पाउँदैछन् ।

आईजीपीको दौडमा एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए ।

आईजीपीमा बढुवा भएका कुँवर अर्घाखाँची जिल्ला निवासी हुन् ।

Published : Friday, 2023 March 24, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया