माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र नेपालबीच भेटवार्ता भएको हो । दाहाल र नेपालबीच सरकारमा सहभागिताका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँग आफ्नो पार्टीलाई गृह मन्त्रालयसहित ३ वटा मन्त्रालय र एक मुख्यमन्त्री माग गरेको बुझिएको छ ।
प्रधानमन्त्री दाहालले नेपाललाई के जवाफ दिए केही भनिएको छैन । नेपालले आफ्नो पार्टीभित्रको विवाद मिलाउन ३ वटा मन्त्रालय माग गरेका हुन् । सांसद राजेन्द्र पाण्डे गृहमन्त्री बन्न धेरै रुचि देखाएका छन् ।
प्रेम आले र धनबहादुर बुढाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दाबी गरिरहेका छन् । अध्यक्ष नेपालले कोशी प्रदेशको मुख्यमन्त्री माग गरेको बुझिएको छ ।
अध्यक्ष नेपालको पार्टीलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला गृह मन्त्रालयसहित तीन वटामा दाबी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया