भरतपुरको स्नोकर हाउसमा प्रहरी छापा, ६ जना पक्राउ
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई चितवनको भरतपुराबट पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा गैह्रेसहितका व्यक्ति रहेका छन् । बिहीबार राति प्रहरीले छापामारेर उनीहरूलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2023 March 24, 11:08 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया