अधिकारीले मन्त्रीलाई असफल बनाएर फाल्ने, यस्ता छन् गजबका कर्तुतहरू
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन लागेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगममा धेरै सुधारहरू गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि निगममा उल्लेख्य सुधार पनि भएका छन् । निगमको साख बढ्नु भनेको मन्त्री किराँतीको पनि साख बढ्न थियो । तर, महानिर्देशक अधिकारीले निगमका क्रु मेम्बर, प्राधिक र ग्राउण्ड कर्मचारीहरूलाई कारबाही गरेर कर्मचारीहरूको संख्या घटाइदिएका छन् ।
तर, प्राधिकरणका महानिर्देशक अधिकारीले स–साना कुराहरूलाई पनि निकै बढाइचढाइ गरेर हदैसम्मको कारबाही गरेका छन् । निगमका जहाज र कर्मचारीहरूलाई कारबाही गरेर अधिकारीले आतंक मच्चाएका छन् ।
महानिर्देशक अधिकारीले यसअघि नेपाल पर्यटन बोर्डलाई तहस नहस बनाइसकेका छन् । बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कर उठाउने कार्यालय नै बन्द गरिदिएका छन् । कर उठ्न नपाउनु भनेको राज्यलाई नोक्सानी हुनु हो । महानिर्देशक अधिकारीले अब निगमलाई समाप्त पार्न लागेका छन् ।
किराँती मन्त्री भएर आएपछि निगमका जहाज र कर्मचारीहरूमा नयाँ आशा पलाएको थियो । तर, प्राधिकरणका महानिर्देशक अधिकारीको गलत हर्कतहरूले निगम फेरि डुब्ने अवस्थामा जाने हो कि भनेर कर्मचारीहरू डराएका छन् ।
निगमका जहाजहरूले राम्रो व्यापार गरिरहेको छ । निगमले राम्रो व्यापार गरेको महानिर्देशक अधिकारीलाई मन परेको छैन । निगमले प्रगति गर्दा निजी एयरलाईन्सहरू व्यापारमा नोक्सानी हुन्छ । निजी एयरलाईन्सहरूलाई नोक्सानी भएको महानिर्देशक अधिकारीलाई मन परेको छैन ।
निगमका जहाजहरू थन्किएर बसुन्, निजी एयरलाईन्सहरूको व्यापारमा कमी नहोस् भन्ने चाहना अधिकारीको छ । पोखरामा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको घटनामा नैतिकताको आधारमा अधिकारीले महानिर्देश पदबाट राजीनामा दिनुपर्ने थियो । राजीनामा पनि दिएनन् । सरकारले कारबाही पनि गरेन ।
दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । यती एयरलाईन्सको जहाज एक दिन मात्रै बन्द भयो । महानिर्देशक अधिकारीले अर्को दिन तत्काल उडाउन अनुमति दिए । कुनै कारबाही गरेनन् ।
लाज नमानेर अधिकारी महानिर्देशक पदमा टाँसिएर बसिरहेका छन् । सरकारले पनि अधिकारीलाई निलम्बन गरेन । निजी एयरलाईन्सका जहाजहरू ठूला दुर्घटनाबाट बालबाल बचेका थिए । श्री एयरलाईन्सको जहाजको ईन्जिनमा आगो लाग्यो ।
अधिकारीले अर्को दिन उडान भर्न अनुमति दिइहाले । सौर्य एयरलाईन्सको जहाज रनवेबाट फिर्ता भएको घटनालाई महानिर्देशक अधिकारीले गुपचुप राखे । बुद्ध एयरको जहाजको ईण्डिकेटरले काम नगरेको घटना पनि अधिकारीले गुपचुप राखे । तारा एयरको जहाज खस्यो । कारबाही भएन । तर, समिट एयरलाईन्सलाई अधिकारीले कारबाही गरे ।
अधिकारीले निजी एयरलाईन्सहरूलाई कारबाही गरेनन् । निगमलाई तत्काल साना त्रुटि देखिने वित्तिकै हतार हतारमा कारबाही गर्छन् । निगमका कर्मचारीले महानिर्देशक अधिकारीलाई आर्थिक लाभ दिँदैनन् । तर, निजी एयरलाईन्सका कम्पनीहरूले महानिर्देशक अधिकारीलाई राम्रै लाभ दिने गरेका छन् । लाभ हुनेतिर महानिर्देशक अधिकारीको झुकाब हुनु स्वभाविक हो ।
मन्त्री किराँतीलाई फालेर आलेलाई ल्याउने
प्राधिकरणका महानिर्देशक अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीलाई हटाएर नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेलाई मन्त्री बनाउन लागेका छन् ।
मन्त्री किराँतीलाई आफू निकटका कर्मचारीहरूका बीच मुख छाडेर गालीगलौज गर्ने गरेको एक कर्मचारीले बताएका छन् । अधिकारीले प्रेम आलेलाई पर्यटन मन्त्री बनाएर ल्याउन लागेको बताउने गरेको रिपब्लिका दैनिकलाई प्राप्त मेलमा उल्लेख छ ।
महानिर्देशक अधिकारी एमालेका कार्यकर्ता हुन् । ईन्जिनियर एसोसिएसनमा एमालेको प्यानलबाट महासचिव पदमा उम्मेदवार बनेर नेपाली कांग्रेस निकटको प्यानलका उम्मेदवारसँग लज्जास्पद हार व्यहोरिसकेका छन् ।
महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया