एमालेको सरकार ढालेर कांग्रेसको सरकार बनाउन प्रधानमन्त्रीको कडा आदेश
काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढाल्न निर्देशन दिएका छन् ।
बिहीबार प्रधानमन्त्री दाहालले माओवादीका गण्डकी प्रदेशका नेताहरूलाई एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार ढालिदिन निर्देशन दिएको स्रोतले जनाएको छ । दाहालको निर्देशनपछि शुक्रबार माओवादीले गण्डकी प्रदेश सभा संसदीय दलको बैठक बोलाएको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी छन् । अधिकारी एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकटका मानिन्छन् ।
माओवादीको समर्थन पाएर बसेको एमालेको सरकार ढल्नेवित्तिकै नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन् ।
प्रधानमन्त्री दाहालले कांग्रेसका प्रदेश सांसद पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिइसकेका छन् । शुक्रबार बस्ने बैठकले एमालेका मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिनेबारे छलफल गर्नेछ ।
२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ ।
मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा (एकीकृत समाजवादी)को पनि गण्डकीमा प्रतिनिधित्व छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया