कांग्रेसका क्षेत्रीय सभापति र प्रदेशका पूर्वसांसदलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशको प्रदेश अनुशासन समितिले प्रदेशका पूर्वसांसद र क्षेत्रीय सभापतिलाई कारबाही गरेको छ ।

समितिले पर्सा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता र प्रदेश सभाका पूर्व सांसद राजेश्वर साह तेलीलाई अनुशासनको कारबाही गरेको हो ।

समितिले पर्सा कांग्रेसले कारबाही गरेर पठाएको निर्णयलाई सदर गरेको छ । समितिले गुप्ता र तेलीलाई अनुशासनको थप कारबाहीका लागि केन्द्रीय अनुशासन समितिलाई लेखेर पठाएको छ ।

क्षेत्रीय सभापति गुप्ता र प्रदेशका पूर्वसांसद तेलीले कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गरेको आरोप छ ।

मधेश प्रदेश कांग्रेसका सभापति कृष्णप्रसाद यादव पनि पार्टीभित्रका आधिकारिक उम्मेदवारहरू हराउन अन्तर्घात गर्नेहरू निकै रिसाएका छन् । उनी पनि अन्तर्घातीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने अडानमा देखिएका छन्

Published : Thursday, 2023 March 23, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया