अयोग्य लडाकुका नाममा सरकारलाई बदनाम गराउने प्रयासको प्रचण्डद्वारा खण्डन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरूलाई दुई लाख रुपियाँ राहत दिने भन्ने निर्णय नभएको बताएका छन् ।
बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कुरा उठेपछि प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई रकम दिने कुनै निर्णय नभएको जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
लेखकले भने, ‘लडाकुहरूलाई रकम दिने भन्ने त्यस्तो खालको कुनै निर्णय भएको थाहा छैन ।’
‘त्यस्तो निर्णय भएको छैननै भन्ने कुरा भयो त्यहाँ । आजको बैठकमा भएको छलफलमा त्यस्तो कुनै निर्णय भएको छैन भन्ने नै जानकारी भयो’, लेखकले भने, ‘त्यस्तो निर्णय भएको छ भने मलाई लाग्दैन त्यस्तो भएको छभन्ने ।’
प्रधानमन्त्री दाहाललाई उदृत गर्दै कांग्रेसका नेता लेखकले भने, ‘किन भने आजको बैठकमा त्यस्तो निर्णय भएको छैन भन्ने कुरा आयो । प्रधानमन्त्रीले भन्नुभयो । निर्णय भएको छैन । नभएको निर्णय फिर्ता हुने कुरै भएन ।’
एमाले समर्थक केही अनलाइन र सञ्चारमाध्यमले सरकारले अयोग्य लडाकुलाई गृह मन्त्रालय बाट जनही दुई लाख रुपियाँ दिने निर्णय गरेको भनेर समाचार आएका थिए ।
ती समाचारको प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठकमा खण्डन गरेका छन् । एमालेले दाहाल नेतृत्वको सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरेर नभएका आरोपहरू लगाउन थालेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया