कम्युनिस्टले जस्तै गरेर राष्ट्रपति पौडेलले जनतालाई दुःख दिएनन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई कुनै कठिनाइ नदिएर सामान्य रुपमा कार्यक्रममा सहभागी भएका छन् ।

घोडेजात्राको अवसरमा मंगलबार टुडीखेलमा आयोजित औपचारिक कार्यक्रममा राष्ट्रपति सामान्य तरिकाले पुगेर सहभागी भएका हुन् । उनी सवार भएको गाडीसहित जम्मा चार वटा मात्रै गाडि अगाडि पछाडि रहेका थिए ।

यसअघिकी कम्युनिस्ट राष्ट्रपटि विद्यादेवी भण्डारीले सडक पूरै खाली गराएर दश वटासम्म गाडी लिएर हिँड्ने गरेकी थिइन् । घोडेजात्राको दिन नेपाली सेनाले टुँडीखेलमा घोडचढी कला प्रदर्शन गर्ने गरेको छ ।

घोडेजात्रालाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाउने गरिएको छ । यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाउने गरेको बताइन्छ ।

घोडे जात्रामा दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ ।

दानवले यो शहरलाई नाश गर्न चाहने र घोडाको टापले त्यस दानवको आत्मालाई दबाउने भएका कारण यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।

Published : Tuesday, 2023 March 21, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया