एमालेका फरार सांसद कोइरीले मतदान गरे ? क–कसले मतदान गरेनन् ?
काठमाडौं । उप–राष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरूले मतदान गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सांसदहरूले उप–राष्ट्रपति पदमा मतदान गरेका हुन् । अन्तिम नतिजाअनुसार उप–राष्ट्रपति पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
प्रतिनिधि सभाका ३ सय ३२ सांसद छन् । प्रदेश सभाका ५ सय ५० प्रदेश सभा सदस्य मतदाता छन् । मतदानमा तीन सय ११ प्रतिनिधि सभाका सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फका ३ सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त छ । सांसद टेकबहादुर गुरुङ निलम्बन छन् । लामिछाने र गुरुङले मतदान गर्न पाएनन् ।
प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदान नगरी तटस्थ बसेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलले सांसद पदबाट राजीनामा दिएका छन् ।
कांग्रेसका सांसद चन्द्र भण्डारी, माओवादी केन्द्रका सांसद वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन् ।
जसपाकी सांसद सहनाज रहमानको निधन भएको थियो ।
एमालेका सांसद लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित रहेका छन् । प्रदेश सभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका ३ सदस्य मतदान नगरी तटस्थ बसेका छन् । जसपाका १ सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया