एमाले र जनमत पार्टीका उप–राष्ट्रपतिका उम्मेदवारले नै मतदान गर्न पाएनन्
काठमाडौं । उप–राष्ट्रपति निर्वाचनमा एमाले र जनमत पार्टीले उम्मेदवार बनाएकाहरूले मतदान गर्न पाएका छैनन् ।
एमालेबाट उप–राष्ट्रपतिको उम्मेदवार बनेकी नेतृ अष्टलक्ष्मी शाक्य सांसद होइनन् । जनमत पार्टीले पनि उम्मेदवार बनाएकी नेतृ ममता झा पनि सांसद होइनन् ।
सांसद नभएका कारण शाक्य र झाले आफूले आफैलाई मतदान गर्न पाएनन् । राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न प्रतिनिधि सभा, राष्ट्रय सभा वा प्रदेश सभाको सांसद हुनुपर्छ । सांसदहरूले मात्रै मतदान गर्न पाउने कानूनी व्यवस्था छ ।
राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनमा सांसद नभएको व्यक्ति पनि उम्मेदवार बन्न पाउँछ । उम्मेदवार बन्न सांसद नै प्रस्ताव र समर्थक हुनुपर्छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उप–राष्ट्रपतिको उम्मेदवार बनेका नेता रामसहायकप्रसाद यादवले भने आफूलाई मतदान गरेका छन् । यादव प्रतिनिधि सभाका निर्वाचित सांसद हुन् ।
सांसद रहेको व्यक्ति राष्ट्रपति वा उप–राष्ट्रपति पदमा उम्मेदवार बनेर निर्वाचित हुँदा सांसद पद स्वतः जान्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया