सिटौला तनहुँ-१ बाट उम्मेदवार बन्न लागेका हुन् ? भण्डारीसँग सिटौलाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला तनहुँ क्षेत्र नं. १ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने हल्ला निराधार रहेको खुलेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले नेता सिटौला तनहुँ– १ बाट उम्मेदवार बन्ने हल्ला र चर्चा निराधार भएको बताएका छन् । उनले भने, ‘मैले आदरणीय नेता कृष्णप्रसाद सिटौलाज्यूसँग तनहुँ– १ को उप–निर्वाचनमा उम्मेदवार बन्न लाग्नुभएको होर ? भनेर जिज्ञासा राख्दा उहाँले होइन । सबै हल्ला हो । त्यसको पछाडि नलाग्नुस् भन्नुभएको छ ।’

भण्डारीले सिटौलासँग शुक्रबार बिहान सम्पर्क गरेको बागमती प्रदेश सभामा कांग्रेसका सांसद तथा नेता नेता मीनकृष्ण महर्जनले बताएका छन् ।

नेता सिटौला तनहुँ– १ बाट उप–निर्वाचनमा उम्मेदवार बन्न लागेको भनेर सामाजिक सञ्जाल र केही मिडियामा समाचार आइरहेका बेला नेता सिटौलाले भण्डारीसँग सो कुराहरूको खण्डन गरेका छन् ।

तनहुँ– १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभको निर्वाचनमा विजयी भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ मा उप–निर्वाचतको तयारी भइरहेको छ ।

सो क्षेत्रबाट तनहुँकै कांग्रेसका नेताले उम्मेदवारी दिने र सभापति शेरबहादुर देउवाले टिकट उपयुक्त नेतालाई दिने पूर्वमन्त्री समेत रहेका भण्डारीले बताएका छन् ।

भण्डारीले तनहुँ–१ मा कांग्रेसकै उम्मेदवारले पुनः जित्ने सो क्षेत्रलाई कांग्रेसले हातबाट फुत्किन नदिने बताएका छन् ।

Published : Friday, 2023 March 17, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया