तनाबमा परेका ओलीलाई ६ गते अर्को झट्का लाग्ने

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली तनाबमा परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने मिति तय भएको छ ।

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिनेछन् । विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता भएको छ ।

संसद सचिवालयका प्रवक्ता तथा सह–सचिव एकराम गिरीले प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने कार्यसूची रहेको बताएका छन् ।

संसद सचिवालयमा पत्र दर्ता भएको छ । चैत ६ गते विश्वासको मत लिने कार्यसूची हुन्छ । पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने भएपछि फागुन १५ गते एमालेले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेको थियो ।

ओली तनाबमा परेका बेला दाहालले विश्वासको मत लिनेछन् । दाहाललाई एमाले विश्वासको मत दिनेछैन । राप्रपाले के गर्छ केही भनिएको छैन ।

Published : Thursday, 2023 March 16, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया