रवि लामिछानेको सातोपुत्लो उड्ने प्रतिवेदन तयार
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राहदानीसम्बन्धी अनुसन्धान बुझाएको कार्यालय स्रोतले जनाएको छ । प्रहरीले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेको सातोपुत्लो उडेको छ । चिवतवन २ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बेला लामिछानेविरुद्धको राहदानी काण्डको प्रतिवेदन प्रहरीले तयार पारेको छ ।
प्रहरीले लामो समय अनुसन्धान गरेर केही दिनअघि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रतिवेदनलाई अध्ययनपछि मात्रै अन्तिम निर्णय गरिनेछ ।
अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप छ ।
सभापति लामिछानेले झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको आरोप छ । लामिछानेविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो ।
लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा फैसला गर्दै माघ १३ गते अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । लामिछानेले त्यस बेला उप–प्रधान एवम् गृहमन्त्री समेत थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया