नेविसंघ यी नाम चलेका ठूला १५ क्याम्पसहरूमा निर्विरोध
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ) १५ वटा क्याम्पसहरूमा निर्विरोध भएको छ ।
चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरूमा चुनावी गतिविधि भइरहेको छ ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । नेविसंघले ठूलो क्याम्पसहरूमा सभापतिसहितका धेरै पदहरूमा निर्विरोध भएको दाबी गरेको छ ।
नेविसंघले जितपुर कलेज, धनकुटाको सभापतिमा निरुता खड्का, सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीको सभापतिमा कृष्ण लामिछाने, ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोकको सभापतिमा सरस्वती जिसी, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जाको सभापतिमा सविन रेग्मी, गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेतको सभापतिमा गोपाल खड्का निर्विरोध भएका छन् ।
पाँचथर बहुमुखी क्याम्पस, पाँचथरको सभापतिमा मुना नेपाली, प्यूठान बहुमुखी क्याम्पस, प्यूठानको सभापतिमा हिमाल केसी, मालुङ्गा बहुमुखी क्याम्पस, स्याङजाको सभापतिमा सञ्जीवनी न्यौपाने, सिन्धु भ्याली सामुदायिक क्याम्पस, सिन्धुपाल्चोकको सभापतिमा सुरज चौलागाईं, त्रिपुरेश्वर क्याम्पस, सिन्धुलीको सभापतिमा भक्तबहादुर तामाङ निर्विरोध चयन भएको नेविसंघले जनाएको छ ।
मानसरोबर बहुमुखी क्याम्पस, हुम्लाको सभापतिमा नरेन्द्र भण्डारी, नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोटको सभापतिमा जुनिता विष्ट, महालक्ष्मी क्याम्पस, ललितपुरको सभापतिमा रणबहादुर बोहरा, कालिका संस्कृत विद्यापीठ, गैंडाकोटको सभापतिमा नारायणप्रसाद बस्याल र अम्बिकेश्वरी क्याम्पस, घोराही, दाङको सभापतिमा रनबहादुर खड्का निर्विरोध भएको नेविसंघको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया