राष्ट्रपति पौडेलद्वारा चालिसे र अधिकारीलाई निजी सचिवमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निजी सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।
प्रमुख स्वकीय सचिव चालिसे पूर्व राजदूत हुन् । तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।
राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । शपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।
अधिकारी लामो समयदेखि पौडेलको सहयोगीको रुपमा काम गर्दै आएका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए ।
पौडेल फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट निर्वाचित भएका हुन् ।
Published : Tuesday, 2023 March 14, 9:22 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया